२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
समानुपातिक मत परिणाम

‌‌समानुपातिक (संघ)तर्फ एमाले पहिलाे दल, स्वतन्त्र चाैथाे स्थानमा (मत परिणामसहित)

  • २०७९ मंसिर १०, शनिबार मा प्रकाशित १ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाकाे मत गणना सकिएकाे छ  । प्रत्यक्षतर्फ सत्ता गठबन्धनका उम्मेदवाहरुले क्लिन स्वीप गर्दै जित निकालेका छन् भने समानुपातिक तर्फकाे पनि मत परिणाम आएकाे छ ।

    संघकाे समानुपातिक तर्फ भने नेकपा एमाले पहिलाे दल बनेकाे छ । कुल खसेकाे ६५ हजार ७५० मतमध्ये ६२ हजार ५५९ मत सदर भएकाे थियाे भने ३ हजार ९१ मत बदर भएकाे थियाे ।

    सदरमतमध्ये नेकपा एमालेले २५ हजार २४५ मत  पाएर पहिलाे बनेकाे छ । नेपाली कांग्रेसले २३ हजार ९९९ मत पाएर दाेस्राे भएकाे छ । एमालेले कांग्रेसभन्दा १ हजार २४६ मत बढी पाएकाे छ ।

    नेकपा मा‌ओवादी केन्द्र ७ हजार १७२ मत ल्याएर तेस्राे बनेकाे छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार २१८ मत ल्याएर चाैथाे बनेकाे छ । जनता समाजवादीले १ हजार ४५०  राप्रपा ५६८ र नेकपा एकिकृत समाजवादीले ४३० मात्रै मत पाएकाे छ ।

    प्रदेश तर्फ  समानुपातिकमा भने कांग्रेसले एमाले भन्दा ३५१ मत बढी पाएकाे थियाे । 

    हेर्नुहाेस् संघ तर्फकाे मत परिणाम 

    प्रतिक्रिया दिनुहोस