२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

काेराेना भगाउन पशुबली, उपेन्द्र यादव भन्छन्: “बाेका पाठी र परेवा चढायाैं”

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • जनकपुर- मिथिला क्षेत्रका हस्तकलाका सामग्री डलिया, मौनी पनि पूजास्थलमा सजाएर राखिएको छ । धूपले वातावरण सुगन्धित बनेको छ ।

    घेराभित्र केही महिला–पुरुष पूजापाठमा व्यस्त छन् । आधाघण्टा जति पूजापाठ गरेपछि उनीहरु नाच्न थाल्छन् । अब देऊता आएको विश्वास गरेको भिड शान्त बन्छ । शान्त भिडमा अब कौतुहलता भरिएको देखिन्छ ।

    त्यहीबीचमा ढोल र पिपहीको आवाज चर्किन्छ । पूजामा सरिक महिलाहरु आफ्नो बाँधिएको केश फुकाउँदै, ‘है, हौ, पापी भाग’ भन्दै अझ जोडले नाच्न थाल्छन् ।
    धनुषाको शहीद नगरपालिका– ८ बिसरभोराको यो दृश्यले ठूलै पूजा आयोजना भएको जनाउँछ । मधेशका जिल्लामा बाह्रै महिना सामूहिक पूजापाठ भइरहने भएपनि बिसरभोरामा भइरहेको पूजा पृथक थियो ।

    खासमा यो कोरोना भाइरस भगाउन भन्दै आयोजना गरिएको पूजापाठ थियो । हातमा लाठी लिएका पुरुष नाच्दै सोध्थे– ‘यो भाइरस कसलाई भन्छ ?’

    भिडबाट केही व्यक्ति उत्तर दिन्थे– ‘अर्कै दुनियाँको हो रे, यसले मान्छे मार्छ ।’

    नृत्यरत पुरुषले लाठी उचाल्दै ‘भाइरस, ताइरस भाग्’ भनेपछि भिड आश्वस्त भएको आभास हुन्थ्यो ।

    कोरोना भगाउने धामीको भूमिकामा गाउँकै भोला तेथबार यादव, विश्वनाथ कुर्मी, मंगलीदेवी दास, कैलाश देवी महरा र सुमिन्त्रादेवी दास थिए ।

    कोरोना महामारी लम्बिदै जाँदा मधेशका जिल्लाहरुमा पूजापाठ हुन थालेको छ । बिसरभोरामा ‘कोरोना भगाउने पूजा’का लागि प्रत्येक घरबाट १०० रुपैयाँ चन्दा संकलन गरिएको थियो ।

    बिसरभोरामा कोरोनाको नाममा पशुवली समेत दिइयो । एउटा बोका, दुईवटा पाठी र चारवटा परेवा वली दिइएको स्थानीय उपेन्द्र यादवले बताए ।
    स्राेत: अनलाइन खबर

    प्रतिक्रिया दिनुहोस