२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

रामेछापमा बोलेरो दुर्घटना हुदाँ दुई जना घाइते

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • रामेछाप । आइतबार बिहान रामेछापमा बोलेरो दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् । लोप्राङबाट बेथान जाँदै गरेका बा १४ च १६१७ बोलेरा बिहान ९ बजे सुनपाति गाउँपालिका ४ मा दुर्घटना हुदाँ चालक र अर्का एक जनाको घाइते भएका रामेछाप प्रहरी जनाएको छ । घाइते हुनेमा सुनापति गाउँपालिका ४ बेथानका करिब ४० वर्षीय चालक कल्याण खत्री र १४ वर्षीय रविन खत्री रहेको रामेछापका प्रहरी प्रवक्ता टेकेन्द्र पौडेलले बताउनु भयो ।
    प्रवक्ता पौडेलले चालकको अवस्था गम्भीर रहेको बताए । चालकको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेकाले हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस