२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

बागमती प्रदेशको बजेट कोरोना केन्द्रित बनाउन नागरिक समाज माग

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं । बागमती प्रदेशको बजेट कोरोना केन्द्रित बनाउन नागरिक समाज माग गरेका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सोमबार आउने बागमती प्रदेशकोको बजेट कोरोना केन्द्रित बनाउन नागरीक समाजले माग गरेका हुन् ।
    आइतबार बिहान बागमती प्रदेश अन्तर्गतका नागरिक संस्था, पत्रकार तथा सामाजिक अगुवासँगको भर्चुवल बैठकमा मन्त्री ढुंगेल संग सो कुराको माग गरिएको हो ।

    बैठकमा बोल्दै मन्त्री ढुंगेलले कोरोनाबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा नै बजेट केन्द्रित हुने बताउनुभयो । बागमती प्रदेश अन्तर्गतका ५० वटा भन्दाबढी नागरिक संस्था तथा नेटवर्कहरुले सराकारले ल्याउन लागेको बजेट कोरानो केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए ।

    कोरोना रोकथाम तथा प्रतिकार्य योजनाको नियमित अगनुमन, एक घर एक कोरोना टेष्ट, रोजगारी सृजना गर्ने कार्यक्रम, उत्पादन क्षेत्रलाई प्राथमिकिकरण गर्ने कार्यक्रम, आपङ्गता भएका, जेष्ठ नागरिक, श्रमिक, रोगी र विपन्नका लागि विशेष प्याकेज सहितको कार्यक्रम, विपत व्यवस्थापनका कार्यक्रम बजेटमा समेट्न नागरिक संस्थाले सुझाव दिएका थिए ।

    त्यसैगरी कृषि उत्पादनको बजार व्यवस्थापन, नीति तथा कार्यक्रमको आवधिक समिक्षा, अनुत्पादक क्षेत्रको खर्च कटौती, सुशासन प्रवर्धनको लागि सक्रिय नागरिक समाजको व्यवस्था लगायतका कुरा पनि बजेटमा समावेस गर्न नागरिक समाजले सुझाव दिएका थिए ।

    ध्यानाकर्षणपत्र सुनेपछि मन्त्री ढुंङ्गेलले नागरिक समाजबाट आएका धेरै कुरा बजेट तथा कार्यक्रममा समेटिएको बताउनुभयो । अझै पनि केही समावेस गर्नैपर्ने विषयलाई बजेटमा समेट्ने उहाँले प्रतिवद्धा व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस