२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

साउन ७ सम्म लकडाउन लम्ब्याउने निर्णय, ‘एसएमएस’ अनिवार्य

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- काेराेना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा जारी लकडाउन साउन ७ गतेसम्म कायम हुने भएको छ ।

    सरकारले लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदकाे साेमबार साँझ बसेकाेे बैठकले लकडाउनबारे अहिलेसम्मकाे अवस्थालाई  ३ साता थप्नने निर्णय गरेकाे हाे ।

    मन्त्रिपरिषदले सीमा नाका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान समेत साउन ७ गतेसम्म बन्द नै अवस्थामा राख्ने निर्णय गरेको छ । ‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्छन्, तर निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ’ एक मन्त्रीले भनेका छन् ।

    लकडाउन खुकुलो भएपपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ । बैठकले एसएमएस अर्थात सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस