२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

यी सांसदले काेराेना भगाउन हनुमान चालिसा पढ्न भनेपछि‍‍‍…..

  • २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाैं-  कोरोनाभाइरस महामारी झन् जटिल बन्दै गएको बेला  एक जना सांसदले हनुमान चािलसा पढे भाग्ने बताएका छन् । ती सा‌सद नेपालका भने हाेइनन् । उनी भारतीय सत्तारुढ दल भाजपाका नेता हुन् ।

    भारतीय जनता पार्टीकी नेतृ तथा सांसद प्रज्ञा ठाकुरले हालै जनतालाई हनुमान चालिसा पढेर प्रार्थना गर्न आग्रह गरेकी हुन् । उनले अगस्ट ५ सम्म हरेक दिन पाँच पटक हनुमान चालिसा पढ्न आग्रह गरेकी छन् ।

    जसले गर्दा कोरोना महामारी अन्त्य हुने उनको जिकिर छ । ‘कोरोनाभाइरस महामारीबाट विश्वलाई छुटकारा’ भन्दै प्रार्थना गर्न पनि उनले आग्रह गरेकी छन् । ‘आउनूस्, हामी सबै मिलेर जनताको सुस्वास्थ्य र कोरोनाभाइरस अन्त्यका लागि हनुमान चालिसा पाँच पटक पढ्दै आध्यात्मिक पहल गरौँ,’ सांसद ठाकुरले भनेकी छन् ।

    भुपालकी सांसद ठाकुरले अगस्ट ५ सम्म हरेक दिन पाँच पटक हनुमान चालिसा पढ्न आग्रह गरेकी हुन् । अगस्ट ५ अर्थात्, अयोध्यामा राम मन्दिर निर्माणको उद्घाटन गर्ने दिनसम्म यस्तो प्रार्थना गर्नाले महामारी अन्त्य हुने उनको जिकिर छ ।

    आगामी अगस्ट ५ मा भूमि पूजा गर्दै राम मन्दिरको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम छ । ठाकुरले ट्वीटरमा एक भिडिओ समेत सार्वजनिक गरेकी छन् । यससँगै भुपालमा अगस्ट ४ सम्म लकडाउन जारी रहनेछ ।

    भिडियाेमा ‘जब जनताले, देशसँगै विश्वभरका हिन्दूले एकै स्वरमा हनुमान चालिसा पढ्छन्, यसले पक्कै काम गर्नेछ । र हामी कोरोनाभाइरसबाट मुक्त हुनेछौँ । यो रामसँग तपाईँको प्रार्थना हुनेछ,’ सांसद ठाकुरले भनेकी छन् । यसवाहेक भाजपाका अरु सांसद तथा नेताले पनि गाईको पिसाब सेवन गर्नाले कोरोनाभाइरस नष्ट हुने प्रचारवाजी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस