२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

काेराेना कहर: ३१ काे मृत्यु, १४ हजार ५ सय बढी स‌ंक्रमित

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो।

    मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो ।

    नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। बिहीबार मात्र  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको हो। संक्रमित हुनेमा प्रदेश १ मा ६३६, प्रदेश २ मा ३९०९, बागमती ५०५, गण्डकी १ हजार ०८४,प्रदेश ५ मा ३ हजार ८५३,कर्णाली प्रदेशमा १ हजार ५१२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २० जना रहेका छन्।

    हालसम्म कोरोना जित्नेको संख्या ५ हजार ३२० पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३८ हजार १०९ जना रहेका छन् । आइसोलेसनमा भने १० हजार १३७ जनाको उपचार भइराखेको छ ।बिहीबार मात्रै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस