२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

देश नं.१ मा थप ११ जना कोरोना सङ्क्रमित

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • मोरङ-  प्रदेश नं. १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।   पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चार महिला र सात पुरुष गरी ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र काठमाडौँको टेकुमा गरिएको परीक्षणमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    मोरङमा छ, सुनसरीमा तीन, खोटाङ र झापामा एक/एक  जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१५  पुगेको छ ।

    अहिलेसम्म ४०० जना उपचारपछि निको भएर घर फर्किएका छन् । आज देखिएका सङक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस