२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

काेराेनाका कारण १८ वर्षीया युवतिकाे ज्यान गयाे

  • २०७७ श्रावण २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • पर्सा- कोरोना भाइरसको सङक्रमणबाट पोखरिया नगरपालिका वडा नं. ८ की एक १८ वर्षीया किशोरीको ज्यान गएको छ ।  ज्यान गइसकेपछि गरिएको परीक्षणमा  किशोरीमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको हो ।

    झाडापखालाले सिकिस्त भएपछि उgलाई गएको सोमबार उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै ज्यान गएको थियो । त्यही दिन स्वाब संकलन गरी परीक्षणको लागि वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा पठाइएको थियो ।

    मङ्गलबार राति आएको रिपोर्टमा किशोरीमा कोरोना देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायलेबताए । उनीसँगै काेराेनाका कारण पर्सामा ज्यान गुमाउनेकाे स‌ंख्या १५ पुगेकाे छ ।

    प्रतिक्रिया दिनुहोस