२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

वीरगञ्जमा ६० वर्षीय संक्रमितको मृत्यु

  • २०७७ भाद्र २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • वीरगञ्ज- वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

    उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए ।

    ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस