२०७९ श्रावण २६, बिहिबार | Thu, 11, Aug, 2022
-टंक किराँती

नेकपा, समृद्धि र समाजवाद

  • २०७७ भाद्र २४, बुधबार मा प्रकाशित १ साल अघि
  • अप्रत्यासित रुपमा विपरित ध्रुव जत्तिकैका दुई कम्युनिष्ट पार्टी तत्कालिन नेकपा(एमाले) र तत्कालिन नेकपा (माओवादी केन्द्र) विचमा वाम गठबन्धन बन्यो र २०७४ साल मंसिर ४ गतेकाे प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा होमिए । घोषणा पत्रमा एउटा चर्चित नारा बन्यो “संमृद्ध नेपाल, सुखी नेपाली” ।

    अस्थीर राजनितिक वातावरणको पृष्ट्रभुमिमा बाम गठन निर्माण भई पार्टी एकताको उद्घाेष र नेपालमा स्थिर राजनीतिले परिवर्तन हुदैछ भन्ने भावको राजनितिक नाराले साँच्चै जनतालाई छोयो । र गठबन्धनलाई जनताले दुई तिहाई नजिक मत दिए । यहि पृष्टभुमिको पेरीफेरी रहेर पंतिकार आधा भईसकेको गठबन्धन पछि बनेको एकिकृत पार्टि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारको कार्यकालको समिक्षा तथा संभावना केलाउने जमर्को गर्दछ ।

    १) पार्टी र सरकार

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा छताछुल्ला हुनेगरि बहस चल्यो , पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने ? निश्चित रुपमा सरकारले पार्टी कै निति तथा कार्यक्रम कार्यन्वयन गर्ने भएकोले सरकारलाई पार्टीले निर्देशित गर्नुपर्ने हो तर बिडम्बना सत्तासिन नेताले पार्टीको जीवनलाई स्वर्थ केन्द्रित प्रभाबित गर्ने गरेकोछ । जुन कुरा पार्टीको जीवनको लागी खतरापुर्ण छ ।

    हुनु पर्ने के हो भने , पार्टीले चुनाबी घोषणा पत्रको उल्लेख गरेको निति तथा कार्यक्रम अनुसार सरकारले आफ्नो बाटो तय गर्नु पर्ने र सरकारको काम कारबाहीको तल सम्म प्रसार पार्टीले गर्नु पर्ने हो । तर एका तिर सत्तासिन पात्र पार्टीको प्रतिनिधि जस्तो नभएर , ठालु जस्तो बन्ने, स्वर्थ समुहको घेरामा पर्ने, पार्टीको निति तथा कार्यक्रम भन्दा अरु शक्ती केन्द्रहरुको प्रभावमा पर्ने,पार्टी कमिटी आफु अनुकुल ढाल्न प्रयात्न गर्ने जस्ता समस्य छन भने अर्को तिर कमिटीको कम्रेड प्रतिपक्षको जस्तो आलोचना गर्ने, सरकारको काम कारबाही बारे बेखबर रहने समस्य छ ।

    निश्चित रुपमा सरकारले पार्टी कै निति तथा कार्यक्रम कार्यन्वयन गर्ने भएकोले सरकारलाई पार्टीले निर्देशित गर्नुपर्ने हो तर बिडम्बना सत्तासिन नेताले पार्टीको जीवनलाई स्वर्थ केन्द्रित प्रभाबित गर्ने गरेकोछ ।

    जसले सरकारको राम्रा कामको अपन्वत्व पार्टी कमिटीले नगर्ने, गतल काम बारे खुलेर छलफल नहुने, प्रतिपक्षको प्रश्नको जवाफ कार्यकर्ता दिन नसक्ने अबस्था बनेपछि पार्टीको गति त उधो हुने नै भयो देशको समेत दुर्भाग्य बन्न पुग्दछ ।

    २)  वितेको अढाई बर्ष

    नेपालि जनताको आशाको रास माथि टेकेर बनेको दुई तिहाई नजिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकल नेतृत्वको सरकारले अढाई बर्षको उमेर कटाउदा आशाको रापलाई निराशाको चाङमा परिणत गरेको छ ।

    भलै केहि राम्रो कामको शुरुवात थालनि पक्कै भएको हो तर सकारत्मक आशा कायम राख्न सफल रहेन । जसको प्रमुख कारणहरु सरकारले आफ्नो स्पष्ट गन्तब्य तय गर्न नसक्नु, गलत प्रवृतिहरुबाट बढि प्रभाबित बन्नु, बिबादित नियुक्तीको श्रृंखला नै कायम गर्नु, भ्रष्टचारका प्रश्नहरु खडा भईरहनु, पार्टी र सरकारको समन्वयमा गम्भिर कम्जोरी रहेका छन् ।

    बिहानीले दिनको छनक दिन्छ भन्ने कथन मान्ने हो भने आधा दिनको छनक समेत सग्लिएको देख्न सकिन्न । तर दिउसो देखि घाम नै लाग्दैन भन्न पनि गलत नै हुन्छ बरु अढाई बर्षमा पनि नेकपा सरकारले गन्तब्यको जग नै नहाल्दा पो उदेग लागेर आउछ र संसय गर्ने प्रसस्तै प्रश्न भेटिन्छन । जे भए पनि केहि आशाका किरण पनि नदेखिएको अबस्था होईन ।

    ३) कार्यकर्ता पङ्ति

    तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिच एकिकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठित सदस्य ८ लाख भन्दा बढि छ भनियो । पार्टी सदस्य ८ लाख भन्दा बढि हुनु ठुलो कुरा होईन । ठुलो कुरा त ति सदस्य कस्ता छन भन्ने हो । भनियो , एकिकरणले फरक दुई स्कुलिङका कार्यकर्ताको एकता भयो तर वास्तविता चाही मार्क्सवादका गहन अध्येता भनिने केन्द्रीय नेता मै आधारभुत स्कुलिङ भनेको के हो भन्ने प्रश्न गर्न सकिने अबस्था देखियो ।

    ल्ला तहका कार्यकर्ताको त के कुरा गर्ने ?, “जसो जसो बाहुन बाजे उसो उसो स्वाहा ।” एक लेखमा घनश्याम भुसाल लेख्छन, “पुर्व एमालेको संगठन पद्धति र पुर्व माओवादीको स्पिरिडले पार्टी त च्वाख बनाउछौ ।” तर पार्टी एकताको दुई बर्ष कटेकोछ, छनक भने उभो गति पटक्कै देखिन्न । भनिन्छ, कम्युनिष्ट पार्टीको सदस्य विचारले लैस हुनुपर्छ । तर आधारभुत पार्टी कार्यकर्तामा आधारभुत वैचारिक ज्ञान नभएपछि कसरी बिचारले लैस बन्नु ? बरु कार्यकर्ताहरु स्वर्थको चौघेरा वरीपरी देखा पर्दाछन् ।

    तसर्थ नेकपाको अबको बाटो जटिल छ । ब्यापक प्रशिक्षण चलाई कार्यकर्ता बवचारले लैस, व्यवहारले निपूण, नैतिकवान, अनुशासित बनाउनु पर्दछ । यदि त्यसो भएन भने नेपालको समाजवादी यात्रा दन्त्य कथा बन्दछ र नेपालमा नेकपाको सर्बस्वीकार्य नेतृत्व स्वैरकल्पनामा सिमित बन्दछ ।

    ४) बिकास र महेन्द्र

    नेपालमा बिकास शब्दको भाष्य राजा महेन्द्रले ब्यापक बनाएका हुन् । त्यस भन्दा अगाडी राम्रा कामलाई उन्नती भनि बुझ्ने गरिन्थ्यो । बिकास शब्द पश्चिमबाट नेपाल प्रबेश गरेपछि महेन्द्रले गाउ फर्क अभियान मार्फत बिकासको अबधारणा मात्र ब्यापक बनाएनन् । “हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ ।” गाउन लाउदै एक भाषा , एक संस्कृति पनि ब्यापक रुपमे लाद्न सफल भए ।

    भनिन्छ, कम्युनिष्ट पार्टीको सदस्य विचारले लैस हुनुपर्छ । तर आधारभुत पार्टी कार्यकर्तामा आधारभुत वैचारिक ज्ञान नभएपछि कसरी बिचारले लैस बन्नु ? बरु कार्यकर्ताहरु स्वर्थको चौघेरा वरीपरी देखा पर्दाछन् ।

    पछिल्लो समय, बिकासको अबधारणा त बिकासे बोका देखी बिकासे घाँस सम्म पुगेकोछ । उहि अबधारणा अन्तर्गत बिकास अझ दिगो बिकासको मंसिहा बन्ने ध्याउन्नमा सबै राजनितिक दल तथा कार्यकर्ता लागेका नै छन। यही पेरीफेरीमा दुई तिहाई नजिक नेकपा सरकारले “समृद्ध र सुखी” को नारा धन्कायो ।

    जरुर समृद्ध हुने र सुखी बन्ने नाराले जनतालाई आकर्षित बनायो नै तर महत्वकांक्षी जनता लाई दुई बर्षमा समृद्धी डेलिभर भएन । , सुख पनि डेलिभर हुने कुरा थिएन। अहिले जनताको लागी समृद्ध ल्याउने र सुखी बन्ने कुरा कोरा नारा बन्न पुगेको छ न की कुनै अबधारणा बनेकोछ । जनताको कुरा जे भए पनि मलाई लाग्छ, “समृद्ध नेपाल, सुखी नेपाली” नारा दुई बर्ष सम्म कोरा नारा मात्र बन्नु हुन्न थियो । कम्तिमा एक अवधारणाको रुपमा जग बस्नु पर्दथ्यो । ढिलो नै सहि “समृद्धी” को छुट्टै भाष्य निर्माणमा अब जुट्नुको विकल्प छैन ।

    ५) समृद्धीको भाष्य

    निर्माण राजा महेन्द्रले बिकासको भाष्य निर्माण चुट्की भरमा गरेका होईनन्। गाउ फर्क अभियान अन्तर्गत सहर केन्द्रित शिक्षित युवाहरु मार्फत गाउ गाउमा ब्यापक बिकासको अबधारणा मात्र छरेनन् । , हिन्दुवादी राष्ट्रीयताको भाष्यलाई समेत आम जनजातीमा लाद्न सफल भए। अहिले नेकपाले “समृद्ध नेपाल, सुखी नेपाली” को नारा त ब्यापक बनाए तर के के गर्दा कस्तो समृद्धी आउछ अनि त्यस समृद्धीले कसरी सुखी नेपालीलाई बनाउछ भन्ने कुरा अबधारणात्मक बिकास गर्नै सकेनन् । अ

    नि कसरी, कसले, कहिले जनतालाई सुख डेलिभरी गर्ने हो टुङ्गो नै भएन । अर्को कुरा नेकपाको आठौ लाख सदस्य हुने तर समृद्ध नेपाल, सुखी नेपाली अभियनमा सरिक नहुने अबस्था छ । यस परिप्रेक्षमा “समृद्धी” को सटिक अवधारणा निर्माण गरि पार्टी कार्यकर्ता, निजामति कर्मचारी, जनतामा ब्यापक प्रसार गर्नु आबश्यक छ । र, लाखौ उर्जावान कार्यकर्ता , निजामति सेवा तथा शिक्षित जनता मार्फत समृद्धीको भाष्य निर्माण गर्दै सोही माध्यमबाट जनतामा डेलिभरी हुनेगरी योजना बनाउनु आजको आवश्यक्ता हो ।

    लाखौ उर्जावान कार्यकर्ता , निजामति सेवा तथा शिक्षित जनता मार्फत समृद्धीको भाष्य निर्माण गर्दै सोही माध्यमबाट जनतामा डेलिभरी हुनेगरी योजना बनाउनु आजको आवश्यक्ता हो ।

    अन्त्यमा, राजनिति साध्य बन्नु हुन्न । उदेश्य प्राप्तीको साधन नै हो । हामीले नेपालको यात्रा समाजवादी ब्यबस्था हुनेछ भनि संबिधान मै ब्यबस्था त गरेका छौ । तर समाजवादी ब्यबस्था जस्तो महान यात्रा कुनै स्वैर कल्पना होईन । अनि सहज यात्रा पनि रहेन । हामीले समाजवाद सम्म पुग्न बिद्यामान सामाजीक, अर्थ राजनितिक , बैचारिक लगायतका संरचनाको पुनःसंरचना गर्दै जानु पर्नेछ। जसको लागी बिचारले लेस, ब्यबहारले निपुण, नैतिकवान, अनुसासित कार्यकर्ताको पंति आबश्यक्ता पर्दछ । जसले समृद्ध नेपालको भाष्य निर्माण गर्दै सुखको डेलीभरी जनतामा गरि समाजवादी नेपालको यात्रा गर्नुछ ।

    (लेखक किराँती नेकपा  ओखलढुंगा जिल्ला कमिटीका साहित्य तथा कला विभाग उपप्रमुख हुन् ।)

    प्रतिक्रिया दिनुहोस