२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने धनमाया काे हुन् ?

Thumbnail
  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • प्रेमीसँगको मिलेमतोमा हत्या भएको १४ महिनापछि मानव कंकाल फेला परेको छ । गैंडाकोट–१८ का ४० वर्षीय धनबहादुर सुगरपार्कको कंकाल प्रहरीले उत्खनन् गरेर निकालेको हो । याे नवलपरासीकाे खबर हाे ।

    ३८ वर्षीया श्रीमती फुलमाया सुगरपार्कले गैडाकोटकै मेखबहादुर सुनारीसँगको मिलेमतोमा श्रीमानको हत्या गरी शव लुकाएको प्रहरीको प्रारम्भिक अनुसान्धानका क्रममा खुलेको छ ।

    लामो समयसम्म धनबहादुर सम्पर्कबिहिन थिए । धनमायाका गतिविधि पनि शंकास्पद देखिएपछि प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको थियो ।

    अनुसन्धानका क्रममा र धनमायाको बयानका आधारमा उनका प्रेमी मेखबहादुर सुनारीलाई समेत पक्राउ गरी शव लुकाइएको स्थानमा खोजतलास भएको हो ।

    घरदेखि करिब १ किलोमिटर टाढा गैंडाकोट–१४ को सुन्दरी सामुदायिक वन क्षेत्रबाट सोमबार राति कंकाल निकालिएको जिल्ल प्रहरी कार्यालयले जनाएको छ

    प्रतिक्रिया दिनुहोस