२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

सर्वाेच्चमा फेरि ब्याउला त ‘गाेरु’ ?

Thumbnail
  • २०७७ पौष १४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  २०५१ साल असार २६ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ससद विघटन गर्नुभयो । यसको कारण थियो सरकारको नीति कार्यक्रम संसदमा बिफल हुनु । २०५ सदस्य रहेको तत्कालीन प्रतिनिधिसभामा नेपाली कांग्रेसको १ सय १४ सिट थियो । तर ३६ जना नेपाली कांग्रेसका सांसदहरु मतदानको बेला अनुपस्थित भएपछि सरकारको नीति कार्यक्रम बिफल भएको थियो ।

    प्रधानमन्त्रीको सो विघटन विरुद्ध सर्बोच्चमा रिट पर्यो। तर बहुमत कायमै रहेको प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने भन्दै त्यसलाई सदर गरीदियो। त्यसपछि मध्यावधी निर्वाचन भयो र तत्कालीन एमाले संसदमा सबै भन्दा ठुलो पार्टी बन्यो। तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारी पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बने । अधिकारीको सरकारविरुद्ध संसदमा रहेका राप्रपा, सद्भावना पार्टी र नेपाली कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराए।

    तर तत्कालीन प्रम मनमोहन अधिकारीले २०५२ मा संसद विघटन गर्नु भयो । त्यसरी नै अदालतमा मुद्धा प¥यो । अदालतले विकल्प हुँदा हुँदै प्रतिनिधसभा विघटन गर्न मिल्दैन भनेर २०५२ भदौ १२ गते फैसला सुनायो । अदालतले अधिकारी सरकारले अध्यादेश मार्फत ल्याएको बजेट र नीति कार्यक्रम समेत रद्ध गर्यो ।

    यसलाई तत्कालीन राप्रपाका नेता राजेश्वर देवकोटाले आफुले प्रतिनिधिसभा पुनर्स्थापनाकालागि मात्र माग गरेकोमा अदालतले बजेट र नीति कार्यक्रम समेत रद्ध गरिदिएको भन्दै ‘सर्बोच्च्मा गोरु ब्याएको’ टिप्प्णी गरेकाे माउन्टेन टिभीकाे अनलाइन संस्करणले लेखेकाे छ ।

    तर तत्कालीन एमालेले सो फैैसलाविरुद्ध सडक प्रदर्शन गरेका थिए। त्यसको विरोधमा तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको पुत्लासम्म सडकमा घिसारेका थिए ।

    अहिले फेरि गिरीजाले गरेकाे विघटन ठिक  भनेजस्तै सर्बाेच्चले सदर गर्ने आम विष्लेषण हुँदै आएकाे छ । र, रिटमा माग्दै नमागेकाे विषय प्रवेश गरेर २०५२काे मनमाेहनकाे नीति तथा कार्यक्रम बदर गराए जस्तै पुङ्माङ् फैसला गर्ने त हाेइन भन्दै सराेकारवाला फेरि गाेरु व्याउन सक्ने भन्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस