२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

रामहरिले दिए ४५ विद्यार्थीलाई न्यानाे कपडा

  • २०७७ माघ १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसका नेता तथा संविधान सभाका सदस्य रामहरि खतिवडा ४५ विद्यार्थीलाई न्यानाे कपडा दिएका छन् । सदरमुकामस्थित बालमन्दिर आधारभूत विद्यालयका विध्यार्थीहरुका लागि खतिवडाले स्वेटर र टाेपी दिएका हुन् ।

    खतिवडले सुनकाेसी गाउँपालिका अध्यक्ष रुद्र अधिकारी मार्फत न्यानाे कपडा वितरण गरेकाे उनका सहयाेगी हुकुम वाम्वुले राईले जानकारी दिए । उक्त विद्यालयमा पढ्ने अधिकाशं विद्यार्थी मजदुरका बालबच्चा रहेका छन् ।

    राईका अनुसार खतिवडाले पाैष २४ गते आफ्नाे जन्मदिनकाे अवसरमा वितरण गर्ने साेच बनाए पनि अनुकुलतमा नमिलेकाले बुधबार हस्तान्तरण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस