२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
छुटमा नयाँ माेवाइल किन्नुहुन्छ ? बुकिङ गर्नुहाेस्

तीन जिल्लामा भिभाे वाई१२एस माेवाइलकाे प्रि-बुकिङ् शुरु, प्रि-बुकिङमा आकर्षक छुट

  • २०७७ माघ २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- भिभाे ब्रान्डकाे नयाँ माेवाइल  भिभाे वाई १२ एस काे प्रि बुकिङ् शुरु भएकाे छ । पूर्वी पहाडका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङका बजारमा  उक्त माेवाइलकाे ब्राण्ड भित्रिएकाे हाे ।

    तीन जिल्लामै  प्रि-बुकिङ भइरहेकाे भिभाेकाे अधिकृत विक्रेता विनाेद इलेक्ट्रिकल सेन्टरलेकाे जनाएकाे छ । भ्यालेन्टाइन डे अर्थात फेब्रुवरी १४ का दिनबाट बिक्रि खुल्ला हुने विनाेद इलेक्ट्रिकलका प्राेपाइटर विनाेद खत्रीले बताए । अहिले प्रि बुकिङकाे काम भइरहेकाे छ । तीन जिल्लाकै माेवाइल पसलमा प्रिबुकिङ गर्न सकिनेछ ।

    नेपालमा भिभाेकाे ब्राण्ड भित्रिएकाे ३ वर्ष भएकाे छ । नेपाली बजारमा सर्वाधिक बिक्रि हुने ब्राण्डका रुपमा रहेकाे याे माेवाइल प्राय:  बिक्रि हुनेकाे  पहिलाे-दाेस्राे स्थानमा रहँदै आएकाे छ ।

    भिभाेले उत्कृष्ट फिचरसहित सुलभ मूल्यका माेवाइल नेपाली बजारमा भित्र्याएको हाे । साइडमा फिंगर प्रिन्टको सुविधाले वाई१२एस मोडलको फोनलाई थप आकर्षक बनाएको छ। कम्पनीले वाई- १२ एस मोबाइल फोनको मुल्य १७ हजार ९९९ कायम गरेको छ।

    तर फेब्रुअरी १ देखि १३ सम्म एक हजार रुपैयाँ तिरेर प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९९९ मा पाउनेछन्। ग्राहकले एक हजार तिरेर प्रि बुकिङ गर्दा तुरुन्तै दुइ हजारको कुपन पाउनेछन् अर्थात फेब्रुअरी १ देखि १३ सम्म प्रि बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा १ हजार छुट पाउनेछन् भने कम्पनीले घोषणा गरेको बिभिन्न पुरस्कारको बिजेता बन्ने अवसर पाउनेछन।

    भिभो वाई१२एस मोबाइलको डिस्प्ले ६.५१ इन्च रहेछ भने यसको ३२ जीबीको मेमोरी कार्ड जडान छ। मुख्य क्यामेरा १३ मेगा पिक्सेलको रहेको छ। ५००० मिलि एम्पियर आवर ब्याट्री टिक्ने र साइडमा जडान, फिंगर प्रिन्टको सुविधा तथा समकक्षी ब्राण्डको तुलनामा कम बजेट वाई १२एस मोबाइलको मुख्य बिशेषता रहेकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस