२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ओखलढुङ्गा क्याम्पसकाे सम्मान तथा विदाइ यस्ताे देखियाे (फाेटाे फिचर)

  • २०७७ फागुन ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंङ्गा- ओखलढुंङ्गा क्याम्पस ओखलढुंङ्गाले श्रीपञ्चमीकाे अवसरमा सरस्वती पूजा, सम्मान तथा विदाइ कार्यक्रम सम्पन्न गरेकाे छ । क्याम्पसका संस्थापक क्याम्पस प्रमुख नारायण बहादुर सैंजु र निवर्तमान क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भैरव बहादुर श्रेष्ठकाे सम्मान तथा विदाइ, सरस्वती पूजा कार्यक्रम तथा विद्यार्थी भर्ना कार्यक्रम सम्पन्न गरेकाे हाे ।

    क्याम्पसकाे स्थापना कालदेखि क्याम्पस प्रमुखकाे रुपमा काम गर्दै दुइ वर्षपहिले सेवा निवृत्त हुनुभएका क्याम्पस प्रमुख सैंजु र क्याम्पस स्थापना गर्न याेगदान गर्दै अध्यक्ष भएर निवर्तमान हुनुभएका भैरव बहादुर श्रेष्ठकाे याेगदानकाे कदर गर्दै कदर पत्र तथा दाेसल्ला ओढाएर सम्मान गरिएकाे हाे ।

    सम्मान तथा सरस्वती पूजा भव्य रुपमा सम्पन्न भएकाे क्याम्पसका उप प्राध्यपक ताेयानाथ काफ्लेले जानकारी दिए । सम्मानित व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का अर्थ समितिका सभापति एवम् ओखलढुङ्गाका प्रदेश सांसद मोहन कुमार खड्का हिमशिखर, विशेष अतिथिहरु जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठ, सिद्धिचरण नगपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले सम्मान गरेका थिए ।  कार्यक्रममा अतिथिहरुले खादक, माला, मायाको चिनो, दोसल्ला तथा कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस