२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कृषक समुह महासंघकाे सराेकारवालासँग छलफल

  • २०७८ बैशाख १५, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- राष्ट्रिय कृषक समुह महासंघ नेपाल जिल्ला समिति ओखलढुंगाले आफ्ना कार्यक्रमबारे सराेकारवाला निकायसँग छलफल गरेकाे छ । महासंघले सञ्चालन गरेका क्रियाकलाप, त्यसका उपलब्धी र आगामी कार्यका बारेमा सवालमा आधारित छलफल कार्यक्रम आयाेजना गरेकाे हाे ।

    महासंघले जिल्लाका सुनकाेसी र चिशंखुगढी गाउँपालिका तथा सिद्धिचरण नगरपालिकामा कृषक समुह तथा सराेकारवालबीच कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

    कार्यक्रमले बाली तथा पशु विमा गरेर जाेखिम हस्तान्तरण, जलवायु अनूकुलित खेति अभ्यास र कृषि एेन निर्माण तथा गरिव बर्गीकरण सहितकाे किसान परिचय पत्र वितरणकाे काम स्थानीय सरकारसँगकाे सहकार्यमा शुरु गरेकाे महासंघका जिल्ला अध्यक्ष हेमकुमार घिमिरेले जानकारी दिए ।

    समुहले अहिलेसम्म ७२ कृषक समुहका किसानसँग काम गरेकाे छ । किसान चाैतारी कार्यक्रम, दियाे कृषि नमुना अभ्यास लगायतका कार्यक्रम सञ्चान भएकाे राष्ट्रिय कृषक समुह महासंघ नेपाल जिल्ला समिति ओखलढुंगाका कार्यक्रम संयाेजक सरस्वती कट्वालले बताइन् । छलफलमा समुहका गतिविधीले स्थानीय तहसँगकाे सहकार्य र स्राेत साझेदारी बढ्दै गएकाे निचाेड निकालिएकाे छ ।

    किसान परिचय पत्र वास्तविक किासन पहिचान तथा सेवा सुविधा उपलब्ध गराउन काेसेढुंगा हुने विश्वास सराेकारवालाकाे रहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस