२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

कोरोना कोषमा छिमेकीको सहयोग

  • २०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा छिमेकी लघुबित्त संस्थाले रु १५ हजार रुपौया सहयोग गरेको छ । आईतबार संस्थाका शाखा प्रमुख सोम बहादुर गोलेले नगरपालिकाको कार्यलयमा पुगेर चेक हस्तान्तरण गरे ।

    कोरोना भइरस कोभिड १९ को महामारीको समयमा नागरिकको स्वास्थ्यका क्षेत्रमा खर्च गरिने कोषमा बिभिन्न क्षेत्रबाट रकम रहयोग हुनेक्रम जारी छ । आईतबार छिमेकी लघुबित्त संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै कोषमा रकम जम्मा गरेको छिमेकी लघुबित्त संस्थाका शाखा प्रमुख सोम बहादुर गोलेले बताए ।

    संस्थाको केन्द्रिय निर्देशन अनुसार कोभिड नियन्त्रणका लागी सहयोग प्रदान गरेको छिमेकी लघुबित्त संस्था ओखलढुंगाले जनाएको छ । अघिल्लो बर्ष स्थापना भएको कोषमा हालसम्म करिब ३१ लाख बढी रकम जम्मा भैसकेको छ ।

    कोषमा ब्यक्तीगत तथा संस्थागत रुपमा सहयोग गर्दै कोरोना नियन्त्रणमा हातेमालो गर्ने सबैमा नगरप्रमुख मोहन कुमार श्रेष्ठले धन्यवाद ब्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस