२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

माेलुङमा स्वास्थ्य सामग्री हस्तान्तरण

  • २०७८ अषाढ ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- माेलुङ गाउँपालिका वडा नं १ र २ का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे छ । माेलुङ २ का युवा साेम कार्कीकाे समन्वयमा अक्सिजन कन्सर्नटेटर, सर्जिकल, मास्क, सेनिटाइजर, हेण्डवास लिक्वीड, फेस सिल्ड, थर्मल गनलगायत महत्वपूर्ण

    स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे हाे । बानियाकाे समन्वयमा माेलुङ वडा नं १ र २ का स्वास्थ्य संस्थामा गाउँपालिका उपाध्यक्ष हेमकुमारी तामाङ, वडा अध्यक्षहरु प्रदिप वानिया, टंक कार्की, स्वास्थ्य संस्थाका प्रमुखहरुकाे उपस्थितिमा हस्तान्तरण गरिएकाे हाे ।

    वाेधीसत्वा बुद्ध विहार र टिजू चि च्यारीटी फाउन्डेशन  (TZU ChI CHARITY FOUNDATIONS) ले ती सामग्रीहरु उपलब्ध गराएकाे हाे ।

    रामपुर काेभिड अस्पताल र कुन्तादेवी स्वास्थ्य चाैकीमा सामग्री पठाइएकाे छ । गाउँमा अक्सिजनकाे आवश्यक पर्ने विरामीलाई सहज हुने भएकाे याे निकै महत्वपूर्ण काम भएकाे बरुणेश्वरका युवा अशाेक दाहाल ‘रवि’ले बताए ।

    सामग्री बुझ्दै गाउँपालिका उपाध्यक्ष तामाङले काेराेना संक्रमणकाे महामारीमा महत्वपूर्ण सामग्री उपलब्ध गराएर सहयाेग गरेकाेमा दाताहरु र समन्वय गर्ने व्यक्तिलाई धन्यवाद ज्ञापन गरिन् ।

    समन्वयकर्ता  कार्कीले गाउँका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री अभाव भएकाे समयमा आफ्नाे अनुराेधलाई स्वीकार गर्नेदाताप्रति आभार प्रकट गर्दै  याे विशुद्ध सामाजिक सेवा भएकाे र वाेधीसत्वा बुद्ध विहार र टिजू चि च्यारीटी फाउन्डेशन  (TZU ChI CHARITY FOUNDATIONS) काे सहयाेगलाई सामाजिक सेवाका रुपमा लिन आग्रह गरे ।

    स्थानीयले पनि दाता र समन्वयकर्तालाई धन्यवाद ज्ञापन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस