२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

निशंखे युथ क्लबद्वारा विपन्नलाई खाद्यन्न सहयाेग

  • २०७८ अषाढ १३, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका २ स्थित निशंखे युथ क्लबले वडा नं १ र २ का विपन्नहरुलाई खाद्यन्न सहयाेग गरेकाे छ । काेराेना संक्रमणसँगै लगाइएकाे निषेधाज्ञाका कारण दैनिक श्रम गरेर परिवार पाल्नु पर्ने बाध्यतामा रहेका विपन्नकाे राेजीराेटिमा समस्या आएकाे थियाे । त्यस्ता परिवारकाे समस्यामा सानाे सहयाेग स्वरुप खाद्यन्न सहयाेग गरिएकाे क्लबका अध्यक्ष जीवन कट्वालले जानकारी दिए ।

    वडा नं १ का २६ र वडा नं २ का ४० गरि ६६ परिवारलाई चामल, नुन र तेल वितरण गरिएकाे छ । वडा नं १ र २ का युवाहरुकाे सक्रियताथामा स्थापना गरिएकाे उक्त क्लबमा महासचिव सुदिप कार्की, काेषाध्यक्ष मदन जाेशी लगायतका युवाहरुकाे नेतृत्व छ । संकटकाे समयमा खाद्यन्न सहयाेग गरेकाे भन्दै स्थानीयले क्लब परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस