२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

अभय र रेश्माको ‘मार्‍यो मार्‍यो’ मा के छ ? (भिडियाेसहित)

  • २०७८ अषाढ १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- पूर्वेली लोकगीतका चर्चित गायक अभय ढुंगेलको नया“ गीत ‘मार्‍यो मार्‍यो…’ सार्वजनिक भएको छ । लोकलय र आधुनिक गीतको फ्युजन रहेको गीतमा रेश्मा सुनुवारले साथ दिएकी छन् ।

    यी दुवै गायक र गायिका ओखलढुंगाका हुन् । अभयकै संगीत र शब्द रहेको गीतमा ओखलढुंगालाई समेत उल्लेख गरेका छन् । गीतको अन्तिम अन्तरा ‘ओखलढुंगा डाँडैमा हुलाकी हिँड्ने मुलबाटो, जे परे नि पर्ला कसिहालुँ लगनगाँठो’ भन्ने छ ।

    आर्टिस्ट नेपालको युट्यूबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको निर्देशन शंकर बिसिले गरेका छन् । गीतमा शंकर बिसि र कविता न्यौपाने लगायतलाई देख्न सकिन्छ । अभय ढुंगेलले घर हाम्रो पूर्वैतिर हो, सुपारी जाइको माला जस्ता दर्जनौ चर्चित लोकगीत गाएका छन् ।

    मै ठूली भईछु रे, कोही भन्छ माया ख्यालख्याल हो.. जस्ता गीतको गायिका रेश्मा सुनुवारको स्वर यस गीतमा रहेको छ । कोरोना कहरले निषेधाज्ञाको समयमा युट्यूवबाट सार्वजनिक यो गीतले युवापुस्ताको मन जित्ने अपेक्षा गरिएको छ ।

    हेर्नुहाेस् भिडियाे

    प्रतिक्रिया दिनुहोस