२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

एसईई २०७७ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

Thumbnail
  • २०७८ श्रावण २३, शनिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

    आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निशुल्क हेर्न सकिन्छ ।

    बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यालयहरुले पठाएको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको बताए । विद्यार्थीहरुको जीपीएस बोर्डले नकेलाएको उनको भनाइ छ । ‘४ लाख ७४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण भएको छ,’ उनले भने, ‘फरक-फरक विद्यालयको फरक-फरक जीपीए छ, त्यसलाई एक ठाउँमा जोडेर तुलना गर्नु व्यवहारिक हुँदैन ।’ पौडलका अनुसार विद्यार्थीको सर्टिफिकेटमा जीपीएस आउँछ, तर बोर्ड आफैंले भने वर्गीकरण गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस