२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

जिल्ला तेक्वान्दो संघमा नयाँ नेतृत्व, काे काे भए निर्वाचित ?

  • २०७८ श्रावण ३१, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति ओखलढुंगाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको प्रथम जिल्ला अधिवेशले विश्वराज राईको अध्यक्षतामा पन्ध्र सदस्यिय कार्यसमिति चयन गरेको हो ।

    अधिवेशनबाट उपाध्यक्षमा अशेष श्रेष्ठ र युवराज पहाडी, कोषाध्यक्ष प्रमिला श्रेष्ठ, सचिव शिवराम राई, सह-सचिव सागर राई, सदस्यहरु अनुत राई, प्रवेश राई, प्रदिप राई, देवराज दाहाल, फिन्जु शेर्पा, अन्जना सिल्वाल, विरवल तामाङ, दिपक राई र सतल तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

    “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मूल नाराका साथ नवनिर्वाचित अध्यक्ष राईले तेक्वान्दो खेलको विकास र विस्तारका लागी सम्भावनाहरु खोज्दै संघलाई अझ मजबुत बनाएर लाने  प्रतिवद्धता जनाएकाे नव निर्वाचित काेषाध्यक्ष प्रमिला श्रेष्ठले जानकारी दिइन्।

    अधिवेशनकाे प्रमुख अतिथि नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य विजय न्यौपाने र विशेष अतिथी प्रदेश नं. १ महा-सचिव गोपाल वान्तावा राईले नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना प्रदान गर्नुका साथै केन्द्र र प्रदेश तहमा आएका कार्यक्रमहरुलाई जिल्ला तहमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

    अधिवेशनमा खेलाडी तथा खेलप्रेमीहरुको समेत उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस