२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

गणेशप्रसाद भट्टराई स्मृतिग्रन्थ लोकार्पण

  • २०७८ श्रावण ३१, आईतबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं- पूर्वप्रशासक गणेशप्रसाद भट्टराई स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट एक समारोहको आयोजना गरी स्मृतिग्रन्थ लोकार्पण सम्पन्न गरिएको हो ।

    बारा जिल्लाका तत्कालीन बहालवाला प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल सवार जीप २०७५ साल माघ १२ गते अस्वभाविक तरिकाले दुर्घटनामा पर्दा एसपी पोखरेलको घटनास्थलमै र प्रजिअ भट्टराईको उपचारको क्रममा २०७५ फागुन ६ गते निधन भएको थियो ।

    कर्तव्यपरायण राष्ट्रसेवक भट्टराईको सम्झनामा गठन गरिएको गणेशप्रसाद भट्टराई स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष, प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव एवम् आजीवन प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले गरेका थिए ।

    वरिष्ठ समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाले ग्रन्थका बारेमा समालोचनात्मक टिप्पणी गरेका थिए भने पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराई लगायत वक्ताहरूले गणेशप्रसाद भट्टराईको बहुआयमिक व्यक्तित्व र उनसँगको सहकार्यका अनुभूतिहरूबारे चर्चा गरेका थिए ।

    भट्राई ओखलढुंगाकाे लिखु गाउँपालिकाकाे गाम्नाङटारमा जन्मेर सर्लाहीमा बसाेबास गर्दै आएका थिए । उनी  २०७२ सालकाे महा भूकम्पकाे समयमा ओखलढुंगाकाे प्रमुख जिल्ला अधिकारीकाे रुपमा राहत तथा उद्धारकाे काममा सक्रियता पूर्व खटेर जनमैत्री प्रशासककाे रुपमा परिचित थिए ।

    प्रतिक्रिया दिनुहोस