२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

बागवानीकाे बारीमा कुहियाे बन्दा !

  • २०७८ भाद्र २, बुधबार मा प्रकाशित २ साल अघि
  • सोलुखुम्बु- बागबानी केन्द्र फाप्लुमा उत्पादित पाँच सय किलोभन्दा बढी बन्दाकाेभी बारीमै कुहिएको छ । कोरोना संक्रमणका कारण उत्पादित बन्दाकाेभी बिक्री नहुँदा बारीमै कुहिएर खेर गएको निमित्त बागबानी विकास अधिकृत उपेन्द्र ठाकुरले जानकारी दिए ।

    उनकाअनुसार विगतमा ग्राहकको मागअनुसार पूर्ति गर्न नसकिने तरकारी निषेधाज्ञापछि बिक्री नभएर खेर गइरहेको छ । असार अन्तिमदेखि बिक्री गर्नयोग्य बन्दा बिक्री नहुँदा बारीमै कुहिँदा १५ हजारभन्दा बढी राजस्व घाटा लागेको निमित्त प्रमुख ठाकुरको भनाइ छ ।

    केन्द्रले करिब तीन रोपनी क्षेत्रफलमा बन्दा लगाएको र हालको वजार भाउअनुसार बन्दाकाेभी प्रतिकिलो ३० रुपैयाँको दरले बिक्री गर्ने गरेको केन्द्रले जनाएको छ ।

    बागबानीले काउली, बन्दा, गोलभेडासहितका तरकारीहरु उत्पादन गर्दै आएको छ । तर, कोरोना संक्रमणका कारण गरिएको निषेधाज्ञापछि खरिद गर्न कोही नआउँदा उत्पादित तरकारीहरु बारीमै कुहिएर खेर गएको निमित्त प्रमुख ठाकुरले बताए । -न्यूज कारखाना
     

    प्रतिक्रिया दिनुहोस