२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

लिखु ४ काे शेयर क-कसले पाउँछन् ? रामेछाप र ओखलढुंगा प्रभावित भित्रै !

  • २०७८ भाद्र ४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- लिखु ४ जनविद्युत आयोजनाको शेयर रामेछाप र ओखलढुंगाको चार स्थानीय तहका सर्वसाधारणले पाउने भएका छन् । ओखलढुंगाका दुई र रामेछापका दुई तहका बासिन्दाले प्रभावित क्षेत्रको शेयर पाउने भएका हुन् ।

    आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको लिखु गाउँपालिकास्थित वडा नं. ९ पोकली, खिजीदेम्बा गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित क्षेत्रमा पर्छ ।

    त्यस्तै रामेछापतर्फको गोकुल गंगा र लिखु तामाकोशी गाउँपालिकाको भुजी र सैपु आसपासको भूगोल प्रभावित क्षेत्रमा पर्छ । यी क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरुले आधार शेयर पाउनेछन् भने सर्वधारणका लागि आधा शेयर सुरक्षित गरिएको छ ।

    लक्ष्मी क्यापीटल लिमिटेडमार्फत बिक्री गर्न लागिएको शेयर ५ प्रतिशत अर्थात करिब १ लाख ५६ हजार २ सय ५ कित्ता शेयर कर्मचारीका लागि छुट्याइने छ । अयोजनाका कर्मचारीमध्ये पनि २ सय भन्दा कम संंख्यामा कर्मचरी भए ५ प्रतिशत र त्यो भन्दा बढी कर्मचारी भएको खण्डमा २ प्रतिशत मात्र शेयर उनीहरुका लागि जारी गरिने नागरिक लगानी कोषको उप निर्देशक नारायण घिमीरेले जानकारी दिए । यो आयोजना ग्रीन भेन्चर्स लिमिटेडले निर्माण गरेको हो

    ओखलढुंगा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२.२ मेगावाट क्षमताको लिखु ४ जलविद्युत अयोजनाले ६२ करोड ५० लाखको शेयर निष्काशनको तयारी गरेको हो । योमध्ये आधा प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको भने आधा सर्वसाधारणले पाउने छन् ।

    ३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारी तथा ३१ लाख २५ हजार कित्ता शेयर सर्वधारणका लागि निष्काशन गर्न लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस