२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सार्थक एकताकाे पहल गर्न कार्यदल

  • २०७८ भाद्र ७, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले (माधव समुह) जिल्ला कमिटीकाे विस्तारित बैठकले सार्थक एकताका लागि पहल गर्न कार्यदल निर्माण गरेकाे छ ।

    नेकपा एमालेका दुई कमिटीकाे सार्थक एकता गर्न कार्यकर्ता तथा जिल्ला कमिटिका नेताहरुकाे भावना समेट्ने गरि सुझाव पेश गर्न कमिटी गठन गरेकाे हाे ।

    कमिटीमा  नेताहरु हर्कबाेल राई, ह‌ंशराज वाग्ले, मणिराज राई, मेख बहादुर खड्का र निर्मला श्रेष्ठ रहेका छन् । समितिले बढीमा  १० दिनभित्र प्रतिवेदन पेश गर्ने छ ।  िजल्ला कमिटीका नेताहरुले ओलिगुटले पार्टीकाे विचार विधी विचार सक्न लागेकाले विधी बचाएर मजबुत एमाले बनाउन वा विकल्प खाेज्न दवाव दिएका छन् ।

    जिल्ला कमिटी बैठक समापन गर्दै अध्यक्ष नेत्र भट्टराईले ‘झुप्रा घर मजदुर र श्रमकाे विराेध गर्नेहरु कम्युनिष्ट’ हुन नसक्ने भन्दै  कम्युनिष्ट पार्टीकाे मूल्य जाेगाएर अन्तमसम्म पनि विधी र पद्धतिमा चल्ने सवल पार्टी बनाउन पहल प्रयत्न गर्ने  बताए  ।

    प्रतिक्रिया दिनुहोस