२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

करिब १२ हजारलाई पूर्ण खाेप, ३० हजार बढी दाेस्राे डोजकाे पर्खाइमा

  • २०७८ भाद्र ११, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा हालसम्म ११ हजार ८ सय ६८ जनाले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् । विभिन्न चरणमा चलाइएको खोप अभियानमा कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा र जोन्सनको पहिलो मात्रा अर्थात् पूरा डोज पाएका हुन् ।

    जिल्लामा विभिन्न चरणमा सञ्चालन गरिएका खाेप अभियानमा लक्षित वर्गका व्यक्तिसहित अन्य व्यक्तिले लगाएकाे काेभिशिल्ड खाेपकाे मात्रा भने पूरा भएकाे छैन । १६ हजार व्यक्तिले याे खाेपकाे दाेस्राे मात्रा नपाएका हुन् । खाेपकाे अभाव हुँदा पूरा मात्रा दिन नसकिएकाे र असाेजसम्ममा दिने लक्ष्य रहेकाे स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले बताए ।

    त्यस्तै भेराेसेलकाे पहिलाे चरण लगाएका १४ हजार ७ सय बढी नागरिकले दाेस्राे मात्रा पाउन बाँकी छ । हालै कक्षा १२ काे परीक्षा दिने २० वर्षमाथिका विद्यार्थीलाई खाेप दिइए पनि क्याम्पस तहका विद्यार्थीले पाएका छैनन् । विद्यालय उमेर समूहका  बालबालिकालाई प्राथमिकतामा राखेर सबै नागरिकलाई खाेपकाे मात्रा दिन प्रतिपक्षी दल नेकपा एमालेले माग गरेकाे छ ।

    लक्षित वर्गका व्यक्ति पनि पहुँच नपुग्दा खाेपबाट वञ्चित भएकाे पाइएकाे छ । जाेन्सन एण्ड जाेन्सन खाेप लक्षित वर्गलाई छाडेर पहुँचवाला व्यक्तिहरुलाई दिइएकाे गुनासाे छ । याे खाेप जिल्लामा ४५ वर्षमाथिका नागरिकलाई दिइएकाे भनिए पनि अन्य व्यक्ति, व्यापारी, ठेकेदार लगायतले लगाएकाे स्थानीयकाे गुनासाे छ ।

    पहिलाे मात्रा लगाएका ३० हजार ७ सय ७ जना खोपको दोस्रो मात्राको पर्खाईमा छन् भने लक्षित भनिएकाे वर्ग बाहिरका सबै नागरिकलाई खाेप लाउनु पर्ने माग छ । –(न्यूज कारखाना)

    प्रतिक्रिया दिनुहोस