२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

नेता सुनुवारद्वारा नेकपा (एकिकृत समाजवादी) मा सनाखत !

  • २०७८ भाद्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- आइतबारसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये एकजनाले मात्र नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । आइतबार लिखु गाउँपालिकाका कार्यपालिका सदस्यमा एमालेबाट निर्वाचित मावर सुनुवारले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

    उनी नेकपा एमालेका जिल्ला कमिटी ओखलढुंगाका सचिवालय सदस्य हुन् । माधव नेपाल समुहको उनी जिल्ला कमिटीमा उप सचिव समेत थिए । ओखलढुंगास्थित जिल्ला निर्वाचन कार्यालय पुगेर उनले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका हुन् ।

    उनले भने,‘ मा ओखलढुंगामा समाजवादी रोज्ने म नै पहिलो जनप्रतिनिधि हो । मंगलबारसम्म समय छ साथीहरु अरु पनि थपिनुहुन्छ ।’ पार्टीमा सनाखत गर्न सुनुवार कानुनी पृष्ठभूमिका नेता मेखबहादुर खड्का र अखिल फोर्सका जिल्ला संयोजक किसान खत्रीले लिएर निर्वाचन कार्यालय पुगेका थिए ।

    नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्तिक समाजवादी पार्टी गठन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जन प्रतिनिधीहरुलाई दल रोज्नका लागि २२ भदौसम्मको समय दिएको छ ।

    ओखलढुंगामा एमाले केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारको प्रभाव समेत भएको जिल्ला भएकाले नयाँ पार्टी रोज्ने जनप्रतिनिधी न्यून हुने देखिएको छ ।

    फोटोः निर्वाचन कार्यालय पुगेर नेकपा एस मा सनाखत गरेपछि पार्टीका नेता मेखबहादुर खड्का र अखिल फोर्स प्रमुख किसान खत्रीसँग फोटो खिचाउँदै मावर सुनुवार ढाकाटोपी दायाँछेउ ।

    प्रतिक्रिया दिनुहोस