२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

चट्याङ लागेर ७ घाइते ३ काे अवस्था गम्भीर

  • २०७८ भाद्र २१, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं १० मा आइतबार राति परेकाे चट्याङ लागेर ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।
    उनीहरुलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएकाे वडा अध्यक्ष दामाेदर धमलाले बताए । आइतबार राति  भिषण वर्षासँगै परेको चट्याङ्ग लागेर ७ जना बेहोस भएकाे धमलाकाे भनाइ छ ।
    चट्याङले लागेर विष्णु कुमारी खड्का, तुलसा धमला र अनिषा खड्का गम्भीर घाइते भएका हुन् ।   चट्याङ लागेर बेहोस भएका टंक कुमारी दाहाल, भेष कुमारी दाहाल र गुण कुमारी भुजेलको अबस्था भने अहिले सामान्य रहेको स्थानीयले बताए ।
    चट्याङे पशु चाैपायामा समेत क्षति गरेकाे छ । बाँधेका ठाउँमा दर्जन बढिको संख्यामा पशुचौपायाहरु समेत मरेका छन् । घटनाबारे अध्ययन गर्न प्रहरी टाेली खटिएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस