२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

एमालेकाे समानान्तर कमिटी नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरण गर्ने निर्णय

  • २०७८ भाद्र २४, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा हुँदै एमाले विवाद ताका बनाइएकाे माधव नेपाल समर्थित समानान्तर कमिटी नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरण गर्ने निर्णय भएकाे छ । जिल्ला पार्टी कार्यालय शुभारम्भपछिकाे बैठकले यस्ताे निर्णय गरिएकाे साे पार्टिले जनाएकाे छ ।

    अध्यक्ष नेत्र भट्राईकाे अध्यक्षतामा बसेकाे बैठकले कमिटी रुपान्तरण गर्ने निर्ण गरेकाे नेता ह‌ंशराज वाग्लले बताए । नेकपा (एकिकृत समाजवादी) दर्ता हुनुपूर्वकाे कमिटीका केही पदािधकारीसिहत कतिपय नेताहरु भने दुवै पक्षमा खुलेका छैनन् ।

    जेठ २ कार्यन्वयन एजेण्डा भन्दा पनि जटिल समस्या जिल्ला पार्टीमा देखिएकाे ठेकेदारी प्रथा र विधी र विचारभन्दा पद र पैसाले पार्टी चल्ने चलाउने अवस्था आएपछि तटस्थ बसेकाे उनीहरुकाे भनाइ छ ।

    कमिटी रुपान्तरण भए पनि पार्टीकाे जिल्ला कमिटीले पूर्णता भने पाएकाे छैन । आन्तरिक गृहकार्य गरेर पार्टिकाे पूर्ण कमिटी सार्वजनिक गर्ने पार्टिका फाेकल पर्सन नेत्र भट्राईले जानकारी दिए । उनी यस अघि एमालेकाे माधव समुहका अध्यक्ष थिए । उनले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेर केन्द्रमा जाने साेच बनाएकाे बुझिएकाे छ ।

    याे पार्टीले युवाकाे जिल्ला नेतृत्व पनि घाेषणा गरेकाे छ । कमीटिले भने पूर्णता पाउन बाँकी छ । युवा विद्यार्थी र पार्टीकाे कमिटी पुरा गरेर भदाैभित्रै पूर्णता दिइने बताइएकाे छ । अन्तरिक छलफल र विभिन्न प्रगतिशील विचार राख्ने समुह र व्यक्तिसँग पार्टीकाे जिम्मेवारीमा ल्याउन पहल भइरहेकाे नेता दिपक फुयलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस