२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
नेकपा (एकिकृत समाजवादी) काे निर्णय

नेता वाग्लेलाई उपल्लाे कमिटीमा सिफारिस

  • २०७८ भाद्र २४, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा (एकिकृत समाजवादी) का नेता हंशराज वाग्लेलाई उपल्लाे कमिटीमा सिफारिस गर्ने निर्णय गरिएकाे छ । नेकपा हुँदा प्रदेश कमिटी सदस्य रहेका नेता वाग्लेलाई नेकपा (एकिकृत समाजवादी)काे जिल्ला कमिटीकाे बैठकबाट उपल्लाे कमिटीमा सिफारिस गरिएकाे नेता दिपक फुयलले बताए ।

    ‘नेकपाकालीन कमिटीमै प्रदेश कमिटीमा रहेकाले उहाँलाई जिल्लाले उपल्लाे कमिटीमा व्यवस्थापन गर्न निर्णय गरेकाे हाे’ फुयलले नागरिक मिडियासँग भने । जिल्ला कमिटी र जनवर्गीय संगठनकाे जिल्लाकाे सबै पदाधिकारी चयन तथा व्यवस्थापनमा गृहकार्य भइरहेकाले चाँडै सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

    नेकपा एमालेबाट विद्राेह गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले नेकपा (एकिकृत समाजवादी) दर्ता गरे पछि ओखलढुंगामा माधव समुहमा लागेका अधिका‌ंश नेता कार्यकर्ता एकिकृत समाजवादि तर्फ लागेका छन् ।

    एकता अभियानमा लागेर तेस्राे धारकाे नेतृत्व गरेका केन्द्रिय सदस्य तथा सा‌ंसाद यज्ञराज सुनुवार पार्टीलाई जेठ २ अघि फर्काउने अभियानमा लागेपछि एमालेमा तुलनात्मक रुपमा कम क्षति पुगेकाे छ ।

    प्रतिक्रिया दिनुहोस