२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

ओखलढुंगामा अंशवण्डाकाे निहुमा हत्या, खुकुरी हान्ने काे थिए ?

  • २०७८ भाद्र २६, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  खिजिदेम्बा गाऊपालिका ५ ढाडखर्क का ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको छ । हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ बर्षीय बिर बहादुर तामाङ रहेका छन् ।

    शनिबार अपराह्न हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटि गई खुकुरी सहित हत्यामा सम्लग्न दुवै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाऊ सहित पक्राउ गरेको छ । उनीहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

    थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल खटिएको छ ।

    प्रतिक्रिया दिनुहोस