२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

यसरी भयाे मितेरीभन्ज्याङमा गाडि दुर्घटना, एकको मृत्यु ९ घाइते

  • २०७८ भाद्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  मानेभञ्ज्याङ गाउँपालिका- ६ मितेरीभञ्ज्याङमा सुमो दुर्घटना हुदाँ एकजनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।

    आईतबार दिउसो मानेभज्याङ गाउँपालिका १ मोलीबाट काठमाण्डौ‌ंका लागि छुटेको बा ११ च ५२१० नम्बरको स्कारपियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय ओलखढुंगाले जनाएको छ ।

    दुर्घटनाका घाइतेहरुलाई उद्धार गरेर उपाचारका लागि घुर्मी पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी गोबिन्दराज काफ्ले सहितकोे टोली घटनाथस्थलमा जादैछ । घटनाको बिषयमा थप बिवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस