२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

गाउँको स्वास्थ्य संस्थामा १५ लाख बराबरका स्वास्थ्य सामग्री सहयोग

  • २०७८ भाद्र २८, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सुनकोशी गाँउपालिका वडा नं ९ स्थित कटुञ्जे स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सेवा क्यानाडा इन्टरनेश्नल तथा सेवाका लागि युवा नेपालको सहयोगमा भिडियो एस्सरे मेसिन, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, अक्सिमिटरसहित करिव १५ लाख वरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

    एक हजार घरधुरीलाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रवाह गर्दै आएको कटुञ्जे स्वास्थ्य चौकी गाउँपालिकाकै दुर्गम क्षेत्र ककनीका नागरिकलाई समेत सेवा दिदै आएको छ । स्वास्थ्य संस्थावाट माग भएका सामग्रीहरु उपलव्ध गराएएकोमा दाताहरुलाई स्वास्थ्य चौकीले सम्मान पनि गरेको छ ।

    सुनकोशी ९ का वडा अध्यक्ष तथा कटुञ्जे स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष झनक कुमार कार्कीले दुर्गम गाउँमा यसरी स्वास्थ्य सामग्री दिएर अत्याधुनिक सेवा दिन सहयोग गर्ने निकायलाई सम्मान गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस