२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

नगर सभापतिमा निबन्द श्रेष्ठको उम्मेद्वारी घोषणा

  • २०७८ आश्विन ५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– नेपाली काँग्रेसको सिद्धिचरण नगर सभापतिमा निबन्द श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका हुन् । उनले आफू कुनै गुट मार्फत नभएर काँग्रेसको उम्मेद्वार भएको बताए ।
    ‘म नितान्त काँग्रेसको तर्फबाट उम्मेद्वार भएकोले अहिले सभापतिको उम्मेद्वारी घोषणा गरेको हुँ ।’ उनले भने, ‘त्यसैले अहिले मेरो नेतृत्वमा को को हुने भन्ने टिमको फाइनल हुने कुरा भएन । आवश्यकता अनुसार पार्टीमा छलफल भईरहेको छ ।’
    पार्टीको १४ औं महाधिवेशनमा उनले आफ्नो उम्मेद्वारी किन भनेर सात बुँदामा उल्लेख गरेका छन् । जसमा स्थानीय तहको निर्वाचनमा नगरपालिकामा काँग्रेसलाई निर्वाचित गराउन, पार्टीलाई गुटरहीत बनाउन, अग्रजलाई सम्मान युवालाई प्रोत्साहन गर्दै रोजगारीमा जोड्न लगायत छन् ।
    नगरपालिका क्षेत्रमा भएका विकृति विसंगति विरुद्ध शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न र भातृ संगठनलाई चलायमान बनाउने प्रतिबद्धता जनाएका छन् । ओखलढुंगा उद्योग वाणिज्य संघका सचिव समेत रहेका श्रेष्ठ विभिन्न सामाजिक संघ संस्थामा रहेर काम गर्दै आएका युवा हुन् ।
    जिल्लाको सफल व्यवसायीको रुपमा परिचित श्रेष्ठ युवावर्ग माझ लोकप्रिय छन् । नेपाली काँग्रेससँगको सम्बन्ध उनको पारिवारिक पृष्ठभूमीसँग जोडिन्छ । २००७ साल अघिदेखि नै उनको परिवार काँग्रेससँग निकट परिवार हो । हालसम्म व्यक्तिगत र संस्थागत रुपमा काँग्रेसलाई नै साथ समर्थन गर्दै आएकोले पनि यो पटक सभापतिको दाबीमा आफूले उम्मेद्वारी घोषणा गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस