२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
ओखलढुंगाकाे कांग्रेस अधिवेशन:

खिजिदेम्वामा सर्वसम्मत हुँदा रामहरिकाे गाउँ मानेभञ्ज्याङमा किन भयाे लफडा ?

  • २०७८ आश्विन ९, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली काँग्रेसकाे पालिका अधिवेशनमा ३ तहमा पार्टी सभापति प्रदिप सुनुवार निकट नेताहरु सर्वसम्मत चयन भएका छन् । सुनुवारकाे गाउँपालिका खिजीदेम्वामा रामकुमार सुनुवार सर्वसम्मत चयन भए ।

    त्यस्तै लिखुमा कुमार सुवेदी र चम्पादेवीमा विष्णु पुलामी चयन भएका छन् । सहमतिमा चयन भएका सभापतिहरु स‌ंस्थापन पक्षका हुन् ।

    अन्य तिन तहमा मतदान आधाआधि भएकाे  र सुनकाेसीमा मतदानकाे प्रकृया शुरु भएकाे छ । सुनकाेसीमा सभापतिमा तीन र मानेभञ्ज्याङ्गमा चार जनाले दावी गरेका छन् ।

    अन्य तह चिशंखुगढी, माेलुङ र सिद्धिचरणमा दुई समुहबीच प्यानल प्रतिस्पर्धा छ । प्रदिप सुनुवारकाे पालिका खिजीदेम्वामा नेतृत्व चयन सहमतिमा भयाे  भने स‌ंविधान सभा सदस्य तथा युवा नेता रामहरि खतिवडाकाे गाउँमा लफडा हुँदा चुनाव शुरु हुन सकेकाे छैन ।

    रामहरिकाे गाउँ मानेभञ्ज्याङमा किन भयाे लफडा ?

    मानेभञ्ज्याङ कांग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाकाे गाउँ हाे । उनकाे पालिकामा चार जना सभापतिका दावेदार मात्र छैनन् प्रतिनिधी विवादले निर्वाचन प्रकृया शुरु हुन सकेकाे छैन ।

    २०७४ सालकाे संसदीय निर्वाचनका बागी उम्मेदवार ज्ञानेन्द्र रुम्दाली र प्रस्तावक रामजी वास्ताेलकाे प्रतिनिधि विवादले समस्या आएकाे हाे । अनुशासनकाे कारवाही गरेका दुवै जनाकाे क्रियाशील सदस्यता अभिलेखमा अध्याविधक हुँदा  प्रतिनिधि निर्वािचत भएका थिए । अनुशासन समितिले पार्टी सदस्यताबाटै हटाएका व्यक्तिकाे नाम आएकाे भन्दै उजुरी पर्दा जिल्लाका मुख्य निर्वाचन अधिकृतले उनीहरुकाे प्रतिनधी खारेज गरेका थिए ।

    यही विषायले अधिवेशनमा समस्या आएकाे छ । विवाद बारे नेता रामहरि खतिवडाले सहमतिकाे प्रयाससँगै निर्वाचन प्रकृया अधि बढ्ने दावी गरे ।

    प्रतिक्रिया दिनुहोस