२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

रमाइलोडाँडामा यात्रु सहायता कक्ष स्थापना

  • २०७८ आश्विन १४, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– दशैंतिहार जस्ता चाडबाडलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ओखलढुंगा सोलुखुम्बु सडकमा पर्ने सिद्धिचरण नगरपालिका १२ स्थित रमाइलोडाँडामा यात्रु सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षको उद्घाटन बिहिबार प्रमूख जिल्ला अधिकारी बन्दना राईले गरिन् । सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पर्ने जुनसुकै किसिमको सहायताका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक गोविन्दराज काफ्लेले बताए ।

    गाडी भाडाको समस्या, दुर्घटनाको जोखिम, चोरी लुटपाट, बिरामी जुनसुकै किसिमका समस्या यात्रुले भोगेमा सहायता कक्षमा गुनासो राखेर सहयोग लिन सकिने उनले बताए । यात्रु सहायता कक्षले चाडबाडको बेला मात्र नभएर सँधैभरि काम गर्नुपर्ने कार्यक्रममा सहभागी सरोकारवालाले सुझाव दिए । बिहिबार नै सिद्धिचरण राजमार्गको हर्कपुरदेखि ठाडे सम्मका विभिन्न ५० ठाउँमा ट्राफिक संकेत बोर्ड राख्ने काम थालिएको छ । सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी र प्रहरीको संयुक्त पहलमा सो काम थालिएको हो । सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक संकेत बोर्डले काम गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस