२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

आत्मसंयम कसरी बन्ने?

  • २०७८ आश्विन १४, बिहिबार मा प्रकाशित २ साल अघि
  • संसारमा कुनै त्यस्तो प्राणि भेटिदैन,जसले जिबनमा एउटै आश नराखेको होस,आफ्नो सपना सफल पार्नको लागि जुनैपनि प्राणीले थोरै मात्रामा भएपनि त्यस चिजको प्राप्तिका लागि संघर्ष गर्नैपर्ने हुन्छ।चाहे त्यो मानसिक होस या शारीरिक।

    संघर्ष गरेर पनि कतिपय कुराहरु प्राप्त गर्न केही समय स्थिर बस्नुपर्ने अबस्था आउने गर्छन,यसरी हामी पुर्ण मस्तिष्कमा,अनि शरिरिक रुपमा सकारात्मक सोचका साथ केही समयका लागि धैर्य र अनुशासित बस्न सक्यौ भने हामी एक आत्मसंयमी व्यक्ति बन्न सक्दछौ।  जो  कोसिस गर्छन प्राय संसारमा तिनै व्यक्ति सफल हुने गर्दछन।

    संसारमा हरेक व्यक्तिमा  हरेक किसिमका सपना  हुन सक्छन तर त्यस सपना पूरा गर्न मानिसले अति तल्लो स्थरको कार्य पनि गर्ने गर्दछन,मानिसले बुझ्न सक्दैन कि आफ्नो सोच पूरा गर्न अर्को छुट्टै सोचको बली दिनु कति जायज होला भनेर,मानिस आज यति स्वार्थी बनिसकेको छ कि उसले आफ्नो चाहाना पूरा गर्न अरुको सपनाको हत्या गरेको समेत अर्धचेत भएजस्तो गरिदिन्छ।

    हामी आफ्नो स्वार्थ प्राप्तिको लागि अनेेकौ रिस,राग,शत्रुता आदि लाई पनि मनबाट बाहिर ल्याउनका लागि प्रोत्साहन गरिरहेका हुन्छ । यसरी हामीले आफ्नो सपना पूरा गर्न केही सहजता त प्राप्त गर्न सक्छौ तर त्यसबाट हामीले सन्तुष्टि भने कमै मात्रमा पाइरहेका हुन्छौ।

    रिसाएको  कहिल्यै उत्तर नदिनु,दुखि भएको बेला कहिल्यै कसम नखानु र खुशि भएको बेला कहिल्यै निर्णय नलिनु नै आत्मसंयमका केही उदारहणहरु हुन सक्छन्।

    आज हामी प्रबिधिको बिकासको यति उचाइमा पुगिसकेका छौ जसलाई हिसाब गर्ने कुनै शब्द नै बन्न सकेको छैन।यस्तो अबस्थामा आइपुग्दा सम्म हामीले समय संगै आफ्ना आबश्यकता लाई पनि धेरै बढाइसकेको देखिन्छ।र हामी जुन कुरामा खुशि हुन सकिरहेका छैनौं । त्यस कुरामा तिब्र रुपले आबेग देखाउन सुरु गरिहाल्छौ। तर त्यसले हामीलाई कतिसम्म असर गर्दछ भनेर हामीले सोच्नै भुलिदिन्छौ।तर त्यसरी हामीले आत्मसंयता नअपनाउदा हामी यस्तो खाडलमा पर्न सक्छौ जसबाट हामी कहिल्यै बाहिर निस्कन नसक्ने अबस्था पनि आउन सक्दछ ।

    हाम्रा शास्त्रहरुले पनि यसको बारेमा धेरै बर्णन गरेको पाइन्छ।आत्मसंयम बन्न कुनै किसीमले प्रभाब पार्न सक्दैन । रिसाएको  कहिल्यै उत्तर नदिनु,दुखि भएको बेला कहिल्यै कसम नखानु र खुशि भएको बेला कहिल्यै निर्णय नलिनु नै आत्मसंयमका केही उदारहणहरु हुन सक्छन्।

    हामी यसलाई अपनाउन सक्नु नै सफल हुनु हो ।हामी आफू मात्र नभइ अरुलाइ पनि आत्मसंयम को बारेमा ज्ञान दिनु पनि हाम्रो कर्तब्य बन्दछ।हामिले कसरी अरुलाइ पनि कसरी सिकाउन सक्छौ  र के आत्मसंयमकोको चुनौती के कस्ता हुन्छन भनेर हामीले तलको उदारहण बाट बुझ्न सकिन्छ ।

    मानौ तपाईंको  ६ वर्षको छोरालाई आत्मसंयमबारे केही थाह छैन। आफूलाई मन पर्ने कुरा देख्यो भने उसलाई तुरुन्तै चाहिन्छ। ऊ रिसायो भने चिच्याउन थाल्छ। तपाईंलाई लाग्ला, ‘के सबै बच्चाहरू यस्तै हुन्छन्‌? यो आफै छुट्ने बानी हो कि आत्मसंयम देखाउन मैले सिकाउनुपर्ने हो?

      तपाईंले के बुझ्नुपर्छ?

     अहिलेको संसारले आत्मसंयम देखाउन प्रोत्साहन दिंदैन। डा. डेभिड वल्स लेख्छन्‌, “अहिलेको संसारमा वयस्क र बच्चाहरूले आफूलाई जे मनपर्छ, त्यो गर्नुपर्छ भनेर सुन्ने गर्छन्‌।”   सानैदेखि आत्मसंयम देखाउन सिकाउनु जरुरी छ।

     अनुसन्धानकर्ताहरूले लामो समय लगाएर एउटा अध्ययन गरे जसमा चार वर्षका बच्चाहरूको समूहलाई एउटा-एउटा मिठाई दिइयो। तिनीहरूले त्यो मिठाई तुरुन्तै पनि खान सक्छन्‌ तर केही समय पर्खेमा इनामस्वरूप अर्को एउटा मिठाई दिइनेछ भनियो। चार वर्षको उमेरमा आत्मसंयम देखाएका केटाकेटीहरूले किशोरावस्थामा पुगिसकेपछि भावनात्मक, सामाजिक र शैक्षिक क्षेत्रमा उनीहरूको समूहमा भएका अन्य केटाकेटीले भन्दा राम्रो गर्दै थिए।

     आत्मसंयम देखाउन नसिकाउँदा ठूलो मोल चुकाउनुपर्ने हुन्छ।

    अनुसन्धानकर्ताहरूका अनुसार केटाकेटीहरूको अनुभवले तिनीहरूको मस्तिष्कमा प्रभाव पार्न सक्छ। यसबारे डा. डान किन्ड्लन लेख्छन्‌, “केटाकेटीलाई तिनीहरूले मागेको सबै कुरा दियौं अनि धैर्य गर्न र प्रलोभनको प्रतिरोध गर्न सिकाएनौं भने तिनीहरू बलियो स्वभावको व्यक्ति बन्न सक्दैनन्‌।”

     तपाईं के गर्न सक्नुहुन्छ?

    बानी बसाल्नुहोस। आत्मसंयम देखाउने सन्दर्भमा तपाईंले कस्तो उदाहरण बसाल्नुभएको छ? ट्राफिक जाम हुँदा, कसैले पालो मिच्दा वा कुराकानी बीचैमा काट्दा तपाईं झडङ्ङ रिसाउनुभएको छोराछोरीले देखेका छन्‌ कि? किन्ड्लन लेख्छन्‌, “छोराछोरीलाई आत्मसंयम देखाउन सिकाउने सबैभन्दा राम्रो तरिका तपाईं आफैले त्यसो गर्नु हो।”  नतिजाबारे केटाकेटीलाई बताउनुहोस्।

     आफ्नो चाहना तुरुन्तै पूरा नगर्दा हुने फाइदा र तुरुन्तै पूरा गर्दा हुने बेफाइदाबारे केटाकेटीको उमेरलाई ध्यान दिंदै बताउनुहोस्। जस्तै: कसैले तपाईंको छोरा वा छोरीलाई नराम्रो व्यवहार गऱ्यो र ऊ रिसायो भने आफैलाई यस्ता प्रश्नहरू सोध्न लगाउनुहोस्, ‘जस्तालाई तस्तै गर्दा अवस्था राम्रो हुन्छ कि झन्‌ बिग्रन्छ? समस्या समाधान गर्ने अर्को राम्रो तरिका छ कि? सायद एकदेखि दस गनेर रिस मर्न दिनु अथवा त्यो ठाउँ छोडेर जानु बेस हो कि?’  केटाकेटीलाई प्रोत्साहन दिनुहोस्। केटाकेटीले आत्मसंयम देखाउँदा उसको प्रशंसा गर्नुहोस्।

    आफ्ना चाहनाहरू दबाउन सधैं सजिलो हुँदैन तर यसो गर्नु भनेको साहस देखाउनु हो भनेर उसलाई बताउनुहोस्। “जुन मानिसले आफ्नो रिस थाम्न सक्दैन, त्यो मानिस शत्रुको आक्रमणको निम्ति पर्खालविनाको सहरजस्तै हो।”तर त्यसको विपरीत “आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो।”

     अभ्यास गर्नुहोस्।

     “तिमी भएको भए के गर्थ्यौ?” वा “असल छनौट, खराब छनौट” भन्नेजस्ता खेल खेलाउनुहोस्। खेलमा विभिन्न अवस्था सृजना गर्नुहोस् र त्यस्तो अवस्थामा तपाईंको छोरा वा छोरीले देखाउने प्रतिक्रियालाई “असल” वा “खराब” भनेर इङ्गित गर्नुहोस्। सृजनात्मक हुनुहोस्: खेल रमाइलो र जानकारीमूलक बनाउन गुडिया, चित्र वा यस्तै अरू केही प्रयोग गर्न सक्नुहुन्छ। तपाईंको उद्देश्य छोराछोरीलाई आत्मसंयम गुमाउनुभन्दा देखाउनु राम्रो हो भनेर बुझाउनु हो।

    माथिको उदारहणबाट हामीले बुझिसकेका हुनुपर्नेछ कि हामीले कसरी आत्मासंयमा जोड दिन र संगै आफ्नो र अरुको लागि ,अनि समाज र देशको लागि आत्मसंयम रहेर कसरी परिबर्तन गर्न सक्छौ भनेर।तसर्थ अहिलेको अबस्थालाई नियालेर हेर्दा हामी आत्मसंयम र धैर्य हुन सक्यौ भने नै हामीले पक्कै पनि आफ्नो व्यक्तिगत,सामाजिक र राष्ट्रिय सफलता र परिकल्पना गर्न सक्नेछौं।

    -मलेसियामा कार्रत भट्टसंकलित विचार इमेलबाट प्राप्त गरिएकाे हाे ।

    प्रतिक्रिया दिनुहोस