२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

बाल सरोकार समुहको फुटसल

  • २०७८ आश्विन १९, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका ६, ठाडेस्थित बाल सरोकार समुहले फुटसल आयोजना गरेको छ । विजयादशमी तथा दिपावलीको अवसरमा फुटसल प्रतियोगिता आयोजना गरेको हो ।

    असोज २२ देखि २४ सम्म ३ दिनसम्म आयोजना गरिएको फुटसल खुल्ला प्रतियोगिता भएको अध्यक्ष सरोज मगरले बताए । समुहले विगतदेखि नै वर्षेनी फुटसल आयोजना गर्दै आएकाले निरन्तरता दिइएको उनले जानकारी दिए

    प्रतियोगितामा २२ टिम समहभागी हुने अनुमान छ । टिमदर्ता असोज २२ भित्र गर्नुपर्ने र दर्ता शुल्क २ हजार लाग्ने सचिव सुमन मगरले बताए । दुई हजारमध्ये पाँचसय धरौटी बापत् फिर्ता हुने व्यवस्था गरिएको छ ।

    जिल्लाको पर्यटकीय क्षेत्रका रुपमा परिचित ठाडेमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न योगदान पुग्ने अपेक्षा लिइएको युवा मनोज मगरले बताए ।

    प्रतिक्रिया दिनुहोस