२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

वडास्तरीय भलिवलमा दिपकिरण युवा क्लब प्रथम

  • २०७८ आश्विन २६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- विजया दशमी २०७८काे अवसरमा  चिश‌ंखुगढी गाउँपालिका ३ स्थित चण्डि चालपा देवी युवा क्लबले आयाेजना गरेकाे वडा स्तरीय पुरुष भलिवल प्रतियाेगीतामा दिपकिरण युवा क्लव आपस्वाँरा प्रथम भएकाे छ । दियालेस्थित सामुदायिक वन समुहकाे प्राङ्गण पाेखरीमा भएकाे प्रतियाेगितामा ८ समुह सहभागी थिए ।

    नकआउट चरणमा भएकाे खेलमा आयाेजक चण्डि जालपा देवि युवा क्वललाई हराउँदै दिपकिरण प्रथम भएकाे हाे । आयाेजक  चण्डि चालपा देवी भने दाेस्राे स्थान हासिल गरेकाे छ । मुस्कान युवा क्लब हात्तिखर्कले चाँपाबाेट समुहलाई हराउँदै तेस्राे स्थान हासिल गरेकाे छ ।

    चाँपाबाेटले सान्त्वनामा चित्त बुझायाे । खेलमा सर्वाेकृष्ट खेलाडी भने मुस्कान युवा क्लबका डेक बहादुर मगर भएर प्रमाण पत्र, मेडलसहित नगद पुरस्कार समेत हात पारे ।

     

    खेलमा प्रथम, दि्वतिय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश नगद पाँच हजार, चार हजार, तीन हजार र एक हजार पाँच सय नगदसहित प्रमाणपत्र र मेडल पाए । वडा अध्यक्ष गंगा श्रेष्ठकाे प्रमुख आतिथ्यमा भएकाे समापन कार्यक्रममा काँग्रेस नेता राजकुमार ढुंगानाले खेलाडीहरुलाई शुभाकाना तथा वधाइ ज्ञापन गरेका थिए । क्लवका अध्यक्ष भेषबहादुर मगरकाे अध्यक्षतामा भएकाे प्रतियाेगितामा एम्पाएरकाे भूमिका डेकराज भूजेलले निर्वाह गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस