२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

नागरिक अगुवालाई प्रणालीय नेतृत्व विकास सम्बन्धि तालिम

  • २०७८ कार्तिक १२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • साैराहा- पाँच जिल्लाका नागरिक अगुवाहरुलाई प्रणालीय नेतृत्व विकास सम्बन्धि तालिम दिइएकाे छ । काठमाण्डाै, गाेरखा, धादिङ, मकवानपुर र ओखलढुंगाका करिव २५ जनालाई तालिम दिइएकाे हाे ।

    जटिल चुनाैति सम्बाेधनका लागि प्रणालीय नेतृत्व विकास गर्दै आवाजबिहीनहरुकाे आवाज र सवाल उठान गर्ने तालिमकाे उद्देश्य रहेकाे छ । कात्तिक ९ देखि ११ गतेसम्म सञ्चालित तालिममा नागरिक समाजका संस्थाका अगुवा तथा पत्रकार सहभागी थिए ।

    तालिम निकै समय सापेक्ष र महत्वपूर्ण रहेकाे सहभागीहरुले बताएका छन् । सहजीकरण सुशासन विज्ञ प्रणव भट्टराई र जनवकालतका जानकार भाेला भट्टराईले गरेकाे साेच नेपालका राजेन्द्र काेइरालाले बताए ।

    परिणाममूखी पैरवी, पछडि पारिएकाे वर्गकाे पक्षमा वकालत गर्न नागरिक समाजकाे नेतृत्व प्रणालीय हुन आवश्यक देखिएकाले तालिम आयाेजना गरिएकाे आयाेजक संस्थाकाे भनाइ छ । मानववादी समाज साेच नेपाल, डेक नेपालले  नागरिक समाज:पारस्परिक जवाफदेहिता परियाेजना अन्तर्गत तालिम आयाेजना गरेका हुन् ।

    सुशासनकाे क्षेत्रमा काम गर्दै आएकाे याे परियाेजनाले नागरि समाजकाे शशक्तिकरणमा जाेड दिदै आएकाे छ । तालिमकाे समापन गर्दै साेच नेपालका कार्यकारी निर्देशक उत्तम निराैलाले समुदायकाे तल्लाे वर्गकाे हितमा काम गर्न सबैकाे जाेड रहेकाे बताए ।

     

    प्रतिक्रिया दिनुहोस