२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

हाेमबहादुर कार्की भन्छन्, ‘क्षेत्रीय सभापतिमा त प्रतिस्पर्धै हुदैन, बालकृष्णकाे सहजै जीत’

  • २०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित २ साल अघि
  • हाेम बहादुर कार्की नेपाली कांग्रेसका पुराना नेता हुन् । उनी २०४९ काे साविक माम्खा गाविसकाे अध्यक्ष हुँदै जिल्लामा लामाे समयदेखि राजनीतिमा सक्रिय छन् । हाल जिल्ला सदस्य रहका कार्की निर्वाचन क्षेत्र  प्रदेश ‘क’ का सभापतिका उम्मेदवार हुन् । उनीसँग पछिल्लाे पुस्ताका सन्ताेषबाबु थापा प्रतिस्पर्धामा छन् ।

    आफ्नाे जित सुनिश्चित रहेकाे उनी दावी गर्ने उनी जिल्लामा बालकृष्ण दाहाल समुहबाट चुनावी मैदानमा छन् । चुनावी अभियानका क्रममा नागरिक मिडियामा आइपुगेका कार्कीसँग गरिएकाे कुराकानीकाे सार संक्षेप यहाँ प्रस्तुत गरिएकाे छ । 

    नागरिक मिडियामा स्वागत छ !

    -धन्यवाद

    तपाई निर्वाचन क्षेत्र क को क्षेत्रीय सभापतिको उम्मेदवार हुनुहुन्छ, भन्दिनुस् न तपाईलाई किन सभापतिमा काँग्रेसका मतदाताले निर्वाचित गराउने ?

    -म २०४९ सालमा साविक माम्खा गाविसको अध्यक्ष भएर काम गरेको मान्छे हुँ । जिल्ला देखि केन्द्रसम्मको राजनीतिबारे जानकार छु । अर्को काँग्रेसको संगठन निर्माणका लागि हालसम्म योगदान गरेको मान्छे हो । म निरन्तर जिल्लामा क्रियाशिल छु । विगतका निर्वाचनदेखि हालसम्मको काँग्रेसको अवस्था नाजुक छ ।

    जिल्ला नेतृत्व अत्यन्तै अलोकतान्त्रिक देखिएकाले लोकतान्त्रिक अभ्यास र सबै काँग्रेसजनलाई एकताबद्ध बनाउन मेरो उम्मेदवारी हो ।
    जमासबाट पनि मजत्तिको पुरानो मान्छे, संगठनमा योगदान गरेको र धेरैखाले नेताहरुसँग पहुँच राख्ने मान्छे उम्मेदवार हुनुपर्छ भन्ने कार्यकर्ताहरुको माग रहेकाले मैले उम्मेदवारी पेश गरेको हुँ ।

    तपाई उम्मेदवार भएको क्षेत्रका पालिकाका अध्यक्ष तपाईको पक्षमा देखिएनन्, तपाइलाई निकै चुनौति होला नि !

    उहाँ (मेरो प्रतिद्धन्द्धी) र मेरो एकै पालिका हो । उहाँ हिजो १३ औ महाधिवेशनमा पहिलो पटक म सँगै एकै समुहबाट जिल्ला सदस्य भएका हौं । उहाँ र मेरो बीच धेरै फरक छ । अनुभव र योगदानका हिसावले भरखरै राजनीतिमा आउनु भएको हो । मैले यो पटक सहयोग गर्नुस् तपाई पछि नेतृत्वमा आउन सहज हुन्छ भनेको थिए ।

    हाम्रो बालकृष्ण समुहको उम्मेदवारबारे के सन्देश छ भने उहाँ विद्वान, सहनशील, केन्द्रमा र गाउँमा उस्तै मजवुद सम्बन्ध भएकाले हामी सबै मिलेर काँग्रेसलाई समेटेर एकताबद्ध बनाएर लैजानु हुन्छ भन्ने विश्वास सहित हामीले उहाँलाई अघि सारेका हौं ।

    उहाँ चुनावी मैदानमा आउनु भयो । हामीबीच निर्वाचन त हुने नै भयो, तर, पालिका र क्षेत्रका अधिकांश क्षेत्रीय प्रतिनिधीको समर्थन मलाइ रहेको छ । मैले बलबहादुर राई, गोपाल राई, महेश कोर्मोचालगायत नेताहरुसँग काम गरेको अनुभवका आधारमा अघि बढेको छु । युवा पुस्तालाई साथैमा लिएर काम गर्ने योजना छ ।

    चुनावी शैली हेर्दा आम निर्वाचनजस्तो देखिन्छ, तपाइ क्षेत्रीय प्रतिनिधिसँग गाउँसम्म घुमेर आउनु भो, मतदाताको मनोविज्ञान के पाउनु भो र चुनाव जित्छु जस्तो लाग्छ ?

    -विगतमा जे हल्ला थिए । ती अब फिक्का भएका छन् । शुरुमा हामीलाई कमजोर भनेर प्रचार गरियो । अहिले विपक्षी उम्मेदवाहरु नै कडा प्रतिस्पर्धा भन्दै हुनुहुन्छ भनेपछि हामी जित नजिक छौं । हाम्रा मतदाता र समर्थक उत्साहित भएका छन् ।
    अर्को यो चुनाव आन्तरिक हो । चुनावपछि हामी हारेका मान्छेसँगै लिएर कार्यकर्ताहरुमाझ जान्छौं । म चुनाव जित्नेमा पहिलेबाटै कन्फिडेन्ट थिँए, हाम्रो समुहको नेतृत्व नै अहिले सहज जितको अवस्थामा पुगेको छ ।

    तपाइँहरुकाे माहाैल अकस्मात कसरी बढ्याे, युवाहरु त र्याली मै उत्रिए नि ?

    शुरुमा हामीलाई कमजाेर भनियाे, जिल्लाभर अभियान चलाइसकेपछि सबै इमान्दार नेता कार्यकर्ताहरु हाम्राे पक्षमा जुट्नु भएकाे छ । हाम्राेटिम शानदार ढंगले चुनाव जित्ने अवटस्थामा छ । स्वच्छ प्रतिस्पर्धाकाे पक्षमा छाैं । युवा तरुणहरु सबै बालकृष्ण समुहमा सडकमै आइसक्नु भाे । क्षेत्रीय सभापतिमा त धेरै फरकमा चुनाव जितिन्छ, जिल्लाकाे टीम नै जित्ने कुरामा आशंका छैन ।

    चुनावको तयारी देखि नै आर्थिक चलखेल धेरै भयो भन्ने अरोप छ, तपाईहरुको चुनावको प्रचार तथा व्यवस्थापन कसरी कसले व्यवस्थापन गर्दैछ ?

    यसमा हामीले सुनेका छौं, हाम्रो अर्को पक्षका साथीहरुले धेरै दुरुपयोग गर्नुभएको छ । उहाँहरुसँग स्थानीय सत्ता छ, पैसावाल हुनुहुन्छ, पार्टी चलाउनु भएको छ, यो सबै उहाँहरुले गरिरहनु भएको होला । ठेक्कापट्टाका साथीहरु पनि उहाँहरुसँगै हुनुहुन्छ ।

    हामी गाउँमा जाँदा जहाँ पुग्यौं त्यहाँका वडाका पदाधिकारीहरुले खानपानमा सहयोग गर्नु भो । समान्य यातायात र खाजा खानामा खर्च उम्मेदवारको तर्फबाट व्यहोर्ने काम बाहेक हामीबाट कुनै अस्वभाविक खर्च भएको छैन ।

    तपाई क्षेत्रीय सभापति र तपाईको बालकृष्ण दाहा समुहलाई नै काँग्रेसका क्षेत्रीय प्रतिनिधीहरुले  मतदान गर्ने आधार के हुन् ?

    यसमा के छ भने यसघि बालकृष्णजी दुई पटक संसदीय निर्वाचनमा र पार्टीको अधिवेशनमा पराजित भए पनि पार्टीका लागि निकै ठूलो योगदान गरेको नेता हो । उहाँको महत्वपूणर् कुरा ज्यादै शहनशील, ज्यादै विद्वान र इमान्दार नेताका रुपमा स्थापित हुनुहुन्छ । केन्द्रदेखि स्थानीय तहसम्म उस्तै मजबुद सम्बन्ध राखेर काम गर्न सक्ने सबैलाई समेटेर लान सक्ने नेता भएकाले उहाँलाई सभापितको उम्मेदवार बनाएको हो ।

    हाम्रो बालकृष्ण समुहको उम्मेदवारबारे के सन्देश छ भने उहाँ विद्वान, सहनशील, केन्द्रमा र गाउँमा उस्तै मजवुद सम्बन्ध भएकाले हामी सबै मिलेर काँग्रेसलाई समेटेर एकताबद्ध बनाएर लैजानु हुन्छ भन्ने विश्वास सहित हामीले उहाँलाई अघि सारेका हौं ।

    प्रतिक्रिया दिनुहोस