२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

राजकुमार ढुंगाना भन्छन्, ‘पाका र युवा पुस्ताकाे साथले जित सहज’

  • २०७८ मंसिर ४, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली  काँग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सचिव पदका उम्मेद्वार राजकुमार ढुंगाना पुराना र युवा पुस्ता विच चर्चित छन् । हाल काँग्रेस जिल्ला कार्य समितिका सदस्य तथा प्रवक्ता  रहेका उनी तेजेन्द्र खनाल समुहबाट सचिवका प्रत्यासी छन् ।

    विद्यालयस्तरबाटै नेपाल विद्यार्थीसँगकाे राजनीतिमा लागेका उनी विद्यार्थी राजनीतिबाट १३ औं महाधिवेशनबाट पार्टी राजनीतिमा आएका हुन् ।

    पशुपति बहुमुखुी क्याम्पसकाे नेवि संघकाे इकाइ सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनकाे सदस्य, सचिव र उपसभापति पदमा काम गरेकाे अनुभव उनीसँग छ । हाल पार्टीकाे जिल्लाकाे प्रवक्ताकाे जिम्मेवारी हुँदै सचिवमा बाजी मार्ने तयारीमा छन् । जिल्लाकाे सबै भूगाेल र पुराना तथा युवा पुस्तावीच परिचित ढु‌ंगाना सबैले साथ दिनेमा ढुक्क छन् । राजनीति बाहेक अन्य कुनै पेशामा नरहेका उनी राजनीतिमा शुद्धता हुनु पर्नेमा जाेड दिन्छन् ।

    ‘चुनाव आन्तरिक र प्राविधिक भए पनि सबै नेता कार्यकर्ताकाे भावना बुझेर काम गर्ने अठाेट लिएकाे छु, नेता कार्यकर्ताबीच कसैप्रति फरक व्यवहार नगर्ने मेराे प्रतिबद्धता छ’ उनले नागरिक मिडियासँग भने । खनाल समुह युवा र पाका पुस्ताकाे संयाेजनकारी र नेतृत्वकाे साथ पाएकाले पार्टीकाे आन्तरिक निर्वाचनमा सफल हुने नेता ढुंगाना ढुक्क देखिन्छन् ।

    विद्यार्थी राजनीतिबाट उदाएका उनी तेह्रौं महाधिवेशनमा पार्टी सदस्य निर्वाचित भए । त्यस अघि उनी नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिमा थिए । २०६२/२०६३ काे जनआन्दाेलनमा लाग्दा  राजकाजमुद्दामा जेल जीवन विताएका उनी प्रहरी दमनमा गम्भीर घाइते समेत भएका थिए ।

    आम निर्वाचनमा पार्टीले बेहोरेको पराजय र गिरेको साख उठाउन नेतृत्वमा युवाहरुको हस्तक्षेप जरुरी भएको उनको तर्क छ । ‘हामी यही मान्यता स्थापित गर्न नेतृत्वमा युवाहरुको विजयका लागि चुनावी मैदानमा छौं’ उनले भने । खनाल समुहबाट ढुंगानासँगै अजय लुइटेल पनि सचिवका उम्मेदवार हुन् ।

    उनीहरुका प्रत्यासी बालकृष्ण समुहका विनाेद केशी र राजाबाबु किराति पनि चुनावी मैदानमा छन् ।

     

    प्रतिक्रिया दिनुहोस