२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
कांग्रेस महाधिवेशनकाे सरगर्मी

दुई प्यानल चुनावी मैदानमा, क्षेत्रीय समिति र प्रदेश प्रतिनिधीका लागि मतदान हुँदै

  • २०७८ मंसिर ५, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– नेपाली कांग्रेसकाे महाधिवेशन अन्तर्गत आइतबार निर्वाचन क्षेत्रीय समिति र प्रदेश महाधिवेशन प्रतिनिधी छनाैटका लागि मतदान शुरु भएकाे छ । प्रदेश निर्वाचन क्षेत्र २ रहेकाे ओखलढुंगामा क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश महाधिवेशन प्रतिनिधी निर्वाचित हुनेछन् ।

    १ हजार ४४३ मतदाता रहेकाे निर्वाचनमा दुई समुहकाे फरक फरक प्यानल चुनावी मैदानमा छ । अहिले सदरमुकाम ओखलढुंगामा दुवै क्षेत्रकाे मतदान भइरहेकाे निर्वाचन क्षेत्र क का मतदान अधिकृत खिला श्रेष्ठले बताए । संस्थापन र काेइराला समुहबाट दुई प्यानल चुनावी मैदानमा छन् । संस्थापन पक्षमा जिल्ला सभापति प्रदिप सुनुवार पूर्वा सा‌सद रामहरि खतिवडा लगायत छन् भने पाैडेल-काेइराला समुहमा बालकृष्ण दाहालकाे टिम छन् ।

    स‌ंस्थापन समुहबाट क क्षेत्रमा सन्ताेष थापा  तथा पाैडेल-काेइराला समुहबाट हाेमबहादुर कार्की सभापतिका उम्मेद्वार छन् । दुवैकाे तीव्र प्रतिस्पर्धा देखिएकाे छ । संस्थापन पक्षमा जिल्लामा बलियाे रहेकाले परिणाम पनि साेही अनुसार आउने अनुमान छ ।

    क्षेत्र ख मा संस्थापनबाट आस्रचन राई र कुलबहादुर श्रेष्ठ क्षेत्रीय सभापतिका उम्मेदवार छन् । दुवैबीच कडा प्रतिस्पर्धा रहेकाे छ । सभापति सहित ७ पदाधिकारी तथा प्रदेश प्रतिनिधीमा १७ जना (समावेशी समेत) प्रति क्षेत्र निर्वाचित हुनेछन् ।

    नेताहरु आफ्ना प्यानलका उम्मेदवार जिताउन मतदातासँग मत मागिरहेका छन् । चुनावी शैली र प्रचार प्रसारका कारण आम निर्वाचनकाे झल्काे दिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस