२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

एकिकृत समाजवादी संगठन विस्तारमा, वर्णालुमा वडा कमिटी गठन

  • २०७८ मंसिर ६, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीले संगठन विस्तार अभियान शुरु गरेकाे छ । जिल्ला कमिटी गठन, कार्यालय सञ्चालन  गरेर जिल्लामा उपस्थिति देखाएकाे एकिकृत समाजवादीले जिल्लाभर सबै वडामा संगठन विस्तार तथा प्रशिक्षण चलाउने भएकाे छ ।

    साेही अभियानका क्रममा साेमबार सिद्धिचरण नगरपालिका ५  बर्णालुमा वडा कमिटी गठन भएकाे छ । खेम प्रसाद दाहालको अध्यक्षतामा वडा कमिटी गठन गरिएकाे जिल्ला उपाध्यक्ष मेखबहादुर खड्काले जानकारी दिए ।

    वडा कमिटी गठन तथा प्रशिक्षणमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नेत्र भट्टराई र जिल्ला अध्यक्ष हंशराज वाग्लेले पार्टीकाे कार्यदिशा र भावी रणनीतिबारे प्रशिक्षण दिएका थिए । २५ सदस्यीय वडा कमिटी गठन भइ कार्यलय समेत स्थापना गरिएकाे नेकपा एकिकृत समाजवादीका प्रचार विभाग प्रमुख दिपक फुयलले बताए ।

    प्रतिक्रिया दिनुहोस