२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

नेकपा (एकिकृत समाजवादी) काे ‘वडादेखि वडासम्म अभियान’ ज्यामिरेमा वडा कमिटी यस्ताे !

  • २०७८ मंसिर ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले विभाजनपछि निर्माण भएकाे नेकपा एकिकृत समाजवादीले वडादेखि वडासम्म अभियान थालेकाे छ । ओखलढुंगाका सबै वडाहरुमा पार्टी कमिटी तथा जनवर्गीय संगठन निर्माणका लागि यस्ताे अभियान थालेकाे हाे ।

    याे अभियान सिद्धिचरण नगरपालिकाबाट शुरु भएकाे छ । एमालेले आफ्नाे प्रभाव क्षेत्र मान्दै आएकाे नगरपालिबाट एकिकृत समाजवादीले गाउँ गाउँमा आफ्नाे उपस्थिति प्रभावकारी देखाउन अभियान थालिएकाे जिल्ला इञ्चार्ज नेत्र भट्टराईले बताए । उनले भने, ‘एमाले र अन्य पार्टीकाे कार्यशैलीका कारण इमान्दार नेता कार्यकर्ता एमाजवादीमा समाहित हुन थालेका छन् ।’

    अभियान अन्तर्गत प्रशिक्षण तथा वडा कमिटी गठनका काम थालिएकाे साे पार्टीले जनाएकाे छ । सिद्धिचरण नगरपालिका वडा नं ५ र वडा नं ९ मा पार्टी तथा युवा संघका कमिटी गठन तथा प्रशिक्षण सकिएकाे छ । वडा नं ५ मा खेम दाहाल र ९ मा लालबहादुर खड्काकाे अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएकाे जिल्ला अध्यक्ष हंशराज वाग्लले जानकारी दिए । कमिटीकाे सचिवमा कुमार वाग्ले चयन भएका छन् ।

    याे वडा अध्यक्ष वाग्लेकाे गाउँ पनि हाे । उनका अनुसार समाजवादीले जिल्लाभर अभियान चलाउने उनले बताए । वडादेखी वडासम्म अभियान संगठन सुदृढिकरण तथा प्रशिक्षणमा केन्द्रित हुने नेताहरुकाे भनाइ छ । एमालेमा असन्तुष्ट नेता कार्यकर्ताहरुकाे एकिकृत समाजवादी राेजाइकाे पार्टी बनेकाे छ । समाजवादीले बनाएका पालिका तथा वडा कमिटीकाे नेतृत्वमा एमालेका नेता कार्यकर्ताहरु नै बढी देखिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस