२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कांग्रेस महाधिवेशन: जिल्ला नेतृत्वका लागि भएकाे निर्वाचन सम्पन्न,१३५३ मतदान

  • २०७८ मंसिर ७, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेपाली कांग्रेसकाे १४औं  महाधिवेशन अन्तर्गत जिल्ला नेतृत्व चयनका लागि भएकाे निर्वाचन सम्पन्न भएकाे छ । मंगलबार विहान ८ बजे शुरु हुने कार्यसूची रहे पनि दुइ समुहबीचकाे लफडाले मतदान अपराह्न ३ बज्दा बल्ल शुरु भएकाे थियाे ।

    भाेट माग्न प्रयाेग गरिएकाे मतपत्रकाे रंग र आकारबारे एक अर्काबीच शूरु भएकाे विवादले मतदान स्थलमा तनाव भएकाे थियाे । एक पक्षले अर्काे पक्षमाथि हातपात गर्न खाेजेपछि स्थागित भएकाे मतदान सहमतिमा पुन अपराह्न शुरु भएकाे हाे ।

    जिल्ला नेतृत्वका लागि देउवा पक्षका तेजन खनाल र बरिष्ठ नेता पाैडेल पक्षका बालकृष्ण दाहाल चुनावी मैदानमा छन् । भर्खरै सकिएकाे निर्वाचनमा १३५३ जनाले  मतदान गरे । जम्मा मतदाता १४४३ थिए । याे निर्वाचनबाट जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस