२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
कांग्रेस महाधिवेशन

गाेलाप्रथाबाट लुइटेल महाधिवेशन प्रतिनिधि निर्वाचित !

  • २०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  कांग्रेसकाे १४ महाधिवेशनका लागि जिल्लाबाट छनाैट हुने महाधिवेशन प्रतिनिधिकाे जिल्ला कार्य समितिका पदाधिकारीसँगै निर्वाचन भयाे । निर्वाचनबाट सबै पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि चयन भए ।

    तर, समावेशी काेटा अन्तर्गत खस आर्य महिलाकाे काेटामा उम्मेदवारी दिएका दुई जनाकाे भने मत बराबर भएपछि कसलाई छनाैट गर्ने भन्ने अन्याैलता सिर्जना भयाे ।महाधिवेशन प्रतिनिधिका लागि खस आर्य महिला समुहबाट दुई उम्मेदवार विद्यार्थी नेता अर्चना लुइटेल र अम्बीका भट्टराईले बराबर मत ५८८ पाएका थिए ।

    दुई मध्ये एक छान्न कतिले पुन: मत गणना गर्ने उपाए सुझाए । तर निर्वाचन अधिकृत अधिवक्ता उज्वलराम श्रेष्ठले गाेलाप्रथा गरेर निर्वाचित गराउने विधी बताए । गाेला प्रथा गर्दा विद्यार्थी नेता अर्चना लुइटेलकाे भागमा निर्वाचितकाे चिठ्ठा पर्याे । यसरी लुइटेल महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । उनी महाधिवेशन प्रतिनिधीका उम्मेदवारमध्ये सबैभन्दा कम उमेरकी हुन् ।

    उनले सबै मतदाता तथा सहयाेग गर्ने व्यक्तिहरुलाई धन्यवाद दिदै राजनीतिमा युवाहरुकाे मजवुद उपस्थितिले मात्रै परिवर्तन संभव रहने बताइन् ।  सबै दलहरुमा नविन साेच र चेतना भएका युवाहरुकाे नेतृत्व आउन सके सामाजिक रुपान्तरण छिटाे गर्न सकिने उनकाे बुझाइ छ ।

    प्रतिक्रिया दिनुहोस