२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

चम्पादेवीमा माओवादी एक्लै भिड्ने !

  • २०७८ मंसिर १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चुनावमा गठबन्धनकाे विषय बहसमा रहेकाे समयमा ओखलढुंगास्थित नेकपा माओवादी केन्द्र चम्पादेवी गाउँपालिका कमिटीले स्थानीय तहकाे आगामी निर्वाचन एक्लै लड्ने तयारी गरेकाे छ । वडा तथा पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर संगठन मजबुद बन्दै गएकाे निष्कर्षसहित माओवादीले यस्ताे तयारी थालेकाे हाे ।

    पालिका कमिटीका सचिव सुदर्शन कार्कीले अन्य पार्टीसँग मिलेर नभइ माओवादी एक्लै चुनावी मैदानमा जाने प्रष्ट पारेका छन् । उनले सामाजिक सञ्चाल फेसबुक मार्फत पालिका कमिटीकाे धारणा सार्वजनिक गरेका हुन् । उनले भनेका छन्,  ‘हामी स्थानीय तह निर्वाचनको संघारमा छौ । नेकपा (माओवादी केन्द्र) चम्पादेवीमा एक्लै चुनाव लड्ने तयारीमा छ । गठबन्धनका बिषयमा बाहिर जे जति कुरा आईरहेका छन\ त्यी कुनै पनि कुरा आधिकारिक हैनन् ।’

    यस अघि केही पूर्व माओवादी नेता, हाल एमालेमा प्रवेश गरेपछि चम्पादेवीमा वाम गठनबन्धन जरुरी रहेकाे बताएकाे सन्दर्भलाई लक्षित गर्दै उनले अगाडि लेखेका छन्, ‘हाम्रा नीति बिचार र एजेन्डाहरुमा कुनै पनि राजनीतिक दल सामेल हुन्छ र त्यसलाई जनताले स्वीकार्छन भने हामी जुनसुकै दल संग पनि गठबन्धन गर्न सक्छौ । अन्यथा हामी एक्लो हुन्छौ, तर गलत प्रवृती र संस्कारलाई समातेर माओवादीले चुनाव जित्न गठबन्धन गर्दैन ।’

    हेराैं उनकाे फेसबुक स्टाटस

    हामी स्थानीय तह निर्वाचनको संघारमा छौ । नेकपा (माओवादी केन्द्र) चम्पादेवी मा एक्लै चुनाव लड्ने तयारीमा छ । गठबन्धनका बिषयमा बाहिर जे जति कुरा आईरहेका छन त्यी कुनै पनि कुरा आधिकारिक हैनान ।कोहि व्यक्तिले व्यक्तिगत रुपमा गठबन्धनको कुरा गरेको छ भने त्यो उहाकै व्यक्तिगत कुरा हुन पार्टीको निर्णय होईन। तर नेकपा (माओवादी केन्द्र) जनताको मनोभावना र मर्मलाई आत्मसाथ गर्दछ । हामी जनता प्रती उत्तरदायी छौ । जनताका समस्या हल गर्ने र समृद्ध चम्पादेवी बनाउने सवालमा हाम्रा आफ्नै नीति बिचार र एजेन्डाहरु छन । त्यी हाम्रा नीति बिचार र एजेन्डाहरुमा कुनै पनि राजनीतिक दल सामेल हुन्छ र त्यसलाई जनताले स्वीकार्छन भने हामी जुनसुकै दल संग पनि गठबन्धन गर्न सक्छौ । अन्यथा हामी एक्लो हुन्छौ तर गलत प्रवृती र सस्कारलाई समातेर माओवादीले चुनाव जित्न गठबन्धन गर्दैन ।

    प्रतिक्रिया दिनुहोस